सन्ताेष कार्की माैसुफ । मध्यम बर्गको कोखमा जन्म लिनु पनि कुनै आशिर्वाद भन्दा कम छैन ।
जिन्दगीभर केहि न केही आपत बिपत आइनै रहन्छ । मध्यम बर्गका मानिसहरूको सबैभन्दा दयनीय अवस्था हुन्छ , न त बिनोद चौधरीको जस्तो बाल्यकाल न त तिलकानेको जस्तो बुढेसकाल तैपनि आफुले आफैलाई भ्रममा पार्नमा ब्यस्त रहन्छन् ।
मध्यम बर्गिय हुनुमा पनि आफ्नै फाइदा छन जस्तै: BMW को भाउ बडोस कि , AUDI को मुल्य बढोस् कि. नयाँ आइफोन लन्च होस कि. मत्लब हुँदैन ।
मध्यम बर्गिय मानिसको आधा जिन्दगी त झर्दै गरेको कपाल रोक्नमा र पेट घटाउन मै बित्छ ।
मध्यम बर्गको घरमा हप्ता पन्ध्र दिनमा धान कुटाउने पिसाउने गर्छन् , नजिकै मिल छैनभने. ढिकी जाँतो दैनिकी बुहारीहरुले गरिरहन्छ्न ।
यि घरहरुमा मिष्ठानन परिकार तबमात्र पाक्छ जब घरमा पाहुना आउँछन् वा चार्डपर्व नै आउनुपर्ने हुन्छ ।
मध्यम बर्गको परिवारमा सिजन अनुसारको बीउ पलबिउ बचाएर लुकाएर राख्ने र पुरानो चामल दसैं तिहार चार्डबार्डमा खानको लागि आमाले राख्ने गर्नुहुन्छ ।
मध्यम बर्गका मानिसले धर्मकर्म रितिरिवाज जोगाइरहन्छन समय समयमा पात्रो हेर्ने , औसि पुर्ने बार्ने , सगराती मसान्त
पित्री सराद सबै याद गर्ने गर्छन् ।
मध्यम बर्गको घरमा फ्रुटी कोलड्रींक एकसाथ तबमात्र आउँछ जब घरमा मान्यजन आफन्त आउछन् ।
मध्य बर्गिय मानिसको कपडा जस्तै खाने खाना पनि तीन किसिमका हुन्छन् जस्तैः दैनिकी खाना, औपचारिक खाना, र पार्टीमा खाने खाना ।
चियापतिलाई छान्दा होस् वा कागती निचर्दा , अन्तिम थोपा नझरे’सम्म मध्यम बर्गिय मानिसलाई आनन्द मिल्दैन ।
मध्यम बर्गिय मानिसले कोठामा रुम फ्रेशनर को प्रयोग गर्दैनन सिधै कोठामा अगरबत्ती बाल्छन ।
मध्यम बर्गिय नेपाली परिवारको घरमा Get together हुदैन, यहाँ सत्यनारायण भगवानको कथा सुनाइन्छ ।
मध्यम बर्गका घरमा पारिवारिक बजेट यति सटिक हुन्छ कि तलब यदि १ गतेको ठाउँमा १० गते आयोभने पुरपुरो समाउनुपर्ने हुन्छ ।
मध्यम बर्गिय मान्छेको आधा जिन्दगी त “धेरै महंगो भयो” भन्दैमा बित्ने गर्छ ।
मध्यम बर्गको “भोक” पनि होटलको रेटमा निर्भर हुन्छ, बास्तबमा मध्यम बर्गको मान्छेले महंगो होटलको मेनु-बुकमा “फुड आइटम्स” हेर्ने मात्र होइन. आफ्नो “औकात” अनुसारको खाना खोजिरहेका हुन्छन् ।
माया र प्रेम भनेको धनी मान्छेको लागि हुन्छ । मध्यम बर्गका मान्छेले सिधै “बिहे” गर्छन् । यिनीहरुको जिबनमा कुनै भ्यालेन्टाइन हुदैनन् .. “जिम्मेवारी”ले जिन्दगीभर पछ्याइ रहेको हुन्छ ।
धनीहरु बिहेपछी हनिमुन जान्छन् र मध्यम बर्गिय बिहेपछी टेन्ट पाल निकाल्न, भाडाकुडा माज्न र ककस्को के के ल्याको छ जिम्मा दिन लागिपर्छन ।
मध्यम बर्गको मानिसलाई छुट्टै कोठा र खाट बिहेपछि मात्र छुट्याइन्छ ।
मध्यम बर्गको मानिसले टाउकोमा लगाउने तेल मुखमा पनि घस्छन।
मध्यम बर्गको मानिसले कोठा चिसो हुने बित्तिकै फेन बन्द गर्ने गर्नु, पानीको ट्याङ्की भरिने बित्तिकै मोटर बन्द गर्नु , एउटा सिलिन्डर ग्यास ३ महिनासम्म पुर्याउन खोज्नु मा नै लागि पर्छन्।
मध्यम बर्गको मानिस चन्दा दिने समय नास्तिक हुन्छ र प्रसाद खाने समय आस्तिक हुन्छन ।
मध्यम बर्गको सपना पनि सिमित हुन्छ । “ट्याङ्की भरियो मोटर बन्द गर्नुपर्छ, ग्यासमा दूध उम्लियो, भात डढ्यो सपना पनि कस्तो-कस्तो देख्ने गर्छन् ।
तस्बिर: सामाजिक संजाल
Discussion about this post