इनरुवा । सुनसरीको दुहवी नगरपालिकामा राहत वितरण गरेकोे छ ।
दुहवी नगरपालिका वडा नं. १० का वडाध्यक्ष लधुराम चौधरीको रोहवरमा लक्षित परिवारहरुलाई राहत वितरण गरिएको हो ।
स्विस कन्टयाक्ट र आसमान नेपालको साझेदारीमा कोभिडबाट प्रभावित विपन्न तथा लक्षित परिवारहरुलाई राहत वितरण गरिएको बताए गरेका छन् ।
सो राहत वितरण कार्यक्रममा बोल्दैँ वडाध्यक्ष चौधरीले कोभिडबाट प्रभावित भएका विपन्न परिवारहरुलाई यतिबेला विपन्न परिवारहलाई राहत वितरण गरि सहयोग गरिएकोमा साझेदारी संस्था स्विस कन्टयाक्ट र आसमान नेपाललाई धन्यवाद समेत दिएका हुन् ।
उनले राहत वितरण कार्यक्रममा भने संस्थाहरुको समन्वयमा यस क्षेत्रका विपन्न वर्गका परिवाहरुको लागि चामल ३० केजी, दाल २ केजी, आयो नुन २ केजी, चिनी २ केजी,सनफ्लावर तेल २ लिटर, सर्फ १ केजी ,साबुन ५ वटा (७५ ग्राम), सर्जिकल फेस मास्क ५० वटाको १ पकेट, सेनिटाइजर १ वटा (५०० एम एल ), न्यानो ओढ्ने १ थान ( हलुका कम्बल) लगायतका सामग्री वितरण गरि सहयोग गरेकामा राहतमा आहात पुगेको बताए ।
सो कार्यक्रममा राहत लिन आएकी झरिया क्रषिदेब भन्छिन् “हामी जस्तो विपन्न वर्गका परिवारहरुको लागि राहतमा आहात दिएकाले केही दिन परिवार चलाउन समस्या नहुने र यस्तो सहयोगी दाताहरुले हामी जस्ता गरिब तथा निमुखा परिवारहरुलाई निरन्तरता दिन आग्रह गरिन् ।
उता सो संस्थाहरुले राहत प्राप्तगर्ने घरपरिवार छनौटका आधारमा वितरण गरिएको छ ।
संस्थाहरुले दलित परिवारका, एकल महिला, अपाङ्गता भएको परिवार,आफ्नो जमिन नभएको परिवार, कोरोनाको कारण रोजगारी गुमाएको परिवारहरुलाई प्राथमिकतामा राख्दै राहत वितरण गर्दै आएका छन् ।
हाल सम्म स्थानीय तहकोे समन्वयमा संस्थाहरुले इटहरी, दुहवी र विराटनगर महानगरपालिकामा सेटअप परियोजना अन्तरगत राहत वितरण गरिएको आसमान नेपालका परियोजना संयोजक पुष्प पोखरेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार दुहवी नगरपालिकाको वडा नं १०, ११ र १२ प्रति वडा १०० गरि जम्मा ३०० घरपरिवारमा विरतण गर्ने योजना रहेकोमा हालसम्म दुई वटा वडामा राहत वितरण कार्य समपन्न भएको र १२ नम्बर वडामा माघ २५ गते वितरण गर्ने योजना रहेको बताए ।
त्यस्तै इटहरी उपमहानगरपालिकाको १६ र १७ नं वडामा ३०० परिवारलाई वितरण गरिसकेको र विराटनगर महानगरपालिकामा ४ सय घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको जानकारी दिए ।
Discussion about this post