इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा केही दिन अघि भएको विरोध कार्यक्रमको विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले पत्रकार सम्मेलनमा भने तिव्र विकास हेर्न नचाहन्नेहरुले आफूलाई विवादमा तान्न खोजेको बताएका छन् ।
आईतबार कोशी गाउँपालीकाका अध्यक्ष अंसारीले आफ्नो कार्यालयमा भएको घटना र यर्थातका बारेमा जानकारी दिदैँ विकास नचाहनेहरुले अनावश्यक दुःख दिने काममा लागेको बताए ।
पालिका अध्यक्ष अंसारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार २०७८ साल माघ १६ गते आइतबारका दिन कार्यालय समयमा सेवाग्राही सर्वसाधारण जनताको काम गरिरहेको बखत भएको घटनापश्चात् भइरहेको विभिन्न टीकाटिप्पणी सम्बन्धमा कोशी गाउँपालीकाको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । संघीय सरकारको कार्यक्रमअन्तर्गत कोरोना प्रभावितलाई राहत वितरण र सुरक्षित नागरिक आवास कार्यक्रममा अनियमितता भएको भन्दै २०र२५ जनाको समूह कार्यालयबाहिर विभिन्न नाराबाजी गरिरहेको पाइएपछि घटना सम्बन्धमा यथार्थ कुरा बुझ्न उक्त समूहबाट केही प्रतिनिधिहरुलाई आफ्नै कार्यकक्षमा बोलाई छलफल गरिरहेको अवस्थामा सिके राउत नेतृत्वमा रहेको जनमत पार्टी नेपाल समर्थित स्थानीय नेताकार्यकर्ता राजकुमार यादव,आलिम मन्सुरीलगायतका व्यक्तिबाट भएको दुर्ववहार सहीत घटनाको घोरभत्सर्ना गर्दै खेद व्यक्त गरेका छन् ।
आन्दोलन गरिरहेका समूहबाट प्रतिनिधि बोलाएर आफूले छलफलमा तपाईंहरुको भनाइ के हो, कहाँ कहाँ कसरी अनियमितता भयो, प्रत्येक वडा वडामा कोरोना प्रभावितलाई राहत वितरण गरिरहेकोमा कोही पाउनुपर्ने वास्तविक पीडितको नाम छुटेको वा सरकारले तोकेको मापदण्डविपरीत कोहि नपाउनुपर्ने व्यक्तिको नाम सिफारिस भएको रहेछ की, जस्ता जिज्ञासा् मैले राख्दै गर्दा आन्दोलनकारीको तर्फबाट छलफलमा प्रतिनिधि बनेर आएका राजकुमार यादवले यस्ता यस्ता व्यक्तिलाई जुत्ताले हान्ने भन्ने अपशब्द प्रयोग गरेपछि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट सदानन्द मण्डल र कार्यालयको तर्फबाट छलफलमा बसिरहेका धर्मेन्द्र विश्वासबीच ूतपाईं एउटा समूहको प्रतिनिधि हुनुहुन्छ तपाईजस्तो व्यक्ति यसरी छलफलमा बस्दा अपशब्द प्रयोग गर्न मिल्छ भन्दै उहाँहरुबीचमा छलफलका क्रममा मेरो कार्यकक्षमा सामान्य भनाभन मात्रै भएको कुरा स्पष्ट पार्न चाहन्छु । कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत प्रत्येक वडा वडाबाट सिफारिस भई आएको व्यक्तिहरुको सम्बन्धमा दाबी र विरोध गर्न गाउँपालीकाको कार्यालयले तीनदिने सूचना प्रकाशित गर्दै त्यसमा राहत पाउन अयोग्य व्यक्ति परेको भएमा जानकारी वा उजुरी दिइनुपर्ने बाटो हुँदाहुँदै वडा वा पालीकाको कार्यालय घेरा गर्ने,तोडफोड गर्ने,आगजनी गर्ने,जनप्रतिनिधि चढ्ने गाडीमा ढुङ्गा हान्ने काम भएको छ ।
संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भएरगरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ । यदि कहीँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पु¥याउन भूमिका निर्वाह गर्नु हरेक जिम्मेवार नागरिकको समेत दायित्व हो ।त्यसको विपरीत केहीदिनयता कोशी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, सर्वसाधारण जनता भड्काउने वा आतंकित बनाउने,निर्वाचित जनप्रतिनिधिहरुको व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने,सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गर्ने,अनावश्यक रूपमा राजमार्ग अवरुद्ध गर्ने,बजार पसल बन्द गराई गरिब तथा विपन्न वर्गको रोजीरोटी खोस्नेलगायत सर्वसाधारण जनताको दिनचर्यामा प्रत्यक्ष रूपमा नकारात्मक असर पु¥याउने कार्य निन्दनीय रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
Discussion about this post