इनरुवा । ग्रामिण क्षेत्रमा बढ्दै गएको बेथितिको विषयमा अवाज मिडियामा ल्याउने उदेश्यका साथ पत्रकारीता तालिम सुरु भएको छ ।
सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट संचालन हुुन लागेको दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिसँगै ग्रामिण क्षेत्रमा बढ्दै गएको बेथितिको विषयमा अवाज मिडियामा ल्याउने उदेश्यका साथ एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको छ । विहीबारबाट अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.द्वारा सञ्चालित नागरिक अभियान डटकम तथा दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिका लागि एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको हो ।
तालिमको नेपाल पत्रकार महासंघका पूर्व प्रदेश सदस्य तथा गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले सुभारम्भ गरेको छ । सो तालिम उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै यादवले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने तर पत्रकारले पनि आफ्नो दायराभित्र रहेर काम गर्नुपर्ने बताए ।
संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गर्न नहुने बताए । यादवले पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयार पार्ने विश्वास समेत व्यक्त गरे । पत्रकारकोे क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताए ।
तालिम शुभारम्भ कार्यक्रममा अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.का संचालक विवेक मेहता सहितकाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको सहजिकरण महासंघका निर्वतमान प्रदेश सदस्य जयकृष्ण यादवले गरिरहेको छ । यादवले तालिममा प्रेस, पत्रकारिता, पत्रकारको आचारसंहिता, समाचार लेख्ने तरिका लगायतका बारेमा जानकारी दिइरहेको सहभागी प्रमिला श्रेष्ठले बताइन् ।
गाँउ गाँउमा सफल रेडियो पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा गाउँका विकट गाउँठाउँका विभिन्न गाउँपालिकासँगै छिमेकी गाउंको सहभागिता रहेको छ ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post