• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भूमि आयोगद्वारा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका सहित ६ वटा स्थानीय तहमा सेवा केन्द्र स्थापना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २ गते, ९:०० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भूमि आयोगद्वारा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका सहित ६ वटा स्थानीय तहमा सेवा केन्द्र स्थापना
208
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव /इनरुवा । राष्ट्रिय भूमि आयोग सुनसरीले पहिलो चरणमा यहाँका इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सहित ६ वटा स्थानीय तहसँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरेको छ । आयोगले ती ६ वटै स्थानीय तहमा सेवा कार्यालय स्थापना गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए ।
राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष खत्वेले पहिलो चरणमा जिल्लाको ६ वटा स्थानीय तहसँग सम्झौता गरी सेवा केन्द्र स्थाप्नाको तयारी गर्दै जग्गाको विवरण सङ्कलन थालेको हो ।
आयोगको जिल्ला अध्यक्ष खत्वेका अनुसार पहिलो चरणमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपािलकासँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरिएको जानकारी दिए ।
आयोगको टोलीले स्थानीय तहमै पुगेर सेवा केन्द्र स्थाप्ना गर्नका लागि अवलोकनसमेत गरिसकेको बताए ।
आयोगका सुनसरी अध्यक्ष खत्वेले यसअघिको आयोगले गरेका कामलाई आधार बनाएर पुर्जा वितरण गरिने जानकारी दिए । ‘विगतमा भएका कामलाई निरन्तरता दिइएकाले छिट्टै लालपुर्जा पाउने आधार देखिएको छ, आयोग र जिल्ला समितिले स्थानीय तहसँग कार्य सम्झौता, सेवा कार्यालय स्थापना र जग्गाको विवरण सङ्कलन कार्य तीव्र गतिले हुने उनको कथन छ,’ उनले भने, ‘यसपटक बसोबासको व्यवस्थापनलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ, विगतका आयोगले गरेका कामको आधारमा टेकेर आवश्यक प्रक्रिया अघि बढाइएको छ ।’
जग्गाधनी पुर्जा प्राप्तिका लागि सम्बन्धित वडा र कार्यपालिकाबाट निर्णय गरेर जिल्ला कार्यालयमा पठाउनुपर्नेछ । आयोगको जिल्ला समितिले सुनसरीमा सबैभन्दा पहिलो धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका , हरिनगर गाउँपालिका र कोशी गाउँपालिकामा रहेका बासिन्दालाई पुर्जा वितरण गर्ने तयारी गरेको छ ।
आयोगले हाल स्थानीय तह भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा जग्गाको विवरण सङ्कलनका लागि प्राविधिक कर्मचारीहरु खटिएका छन् । राष्ट्रिय भूमि आयोगले केन्द्रबाट सुनसरीमा प्राविधिक सहितका २८ जना कर्मचारीहरू पठाएको छ भने बाँकी कर्मचारी जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ । जग्गाको नाप–जाँच, लगत सङ्कलन र सङ्कलित लगतलाई आयोगको सफ्टवेयरमा प्रविष्ट गर्ने काम भइरहेको आयोगले जनाएको छ । सुनसरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने बताइएको छ ।

Tags: भूमि आयोगद्वाराभोक्राहा नरसिंह गाउँपालिकासहित ६ वटासुनसरीकोसेवा केन्द्र स्थापनास्थानीय तहमा

Related Posts

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
FEATURE

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
0

इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
0

इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण...

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist