इनरुवा । राष्ट्रिय भूमि आयोग सुनसरीले बुधबार भोक्राहा नरसिंह गाउँपालिकामा सरोकारवालाहरु सँगको अन्तक्रिया कार्यक्रम समपन्न गरेको छ ।
भुमी सम्वन्धि समस्या सामाधान आयोगले भोक्राहा नरसिंह गाउँपालिकामा आयोजना गरेको सर्वपक्षिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा भुमिहिन, सुकुम्वासी र अव्यवस्थित् वसोवास गरिहेकाहरुलाई आगामी असार मसान्तसम्ममा व्यवस्थापन गरिने बताएका छन् ।
सो कार्यक्रममा भुमि आयोगका अध्यक्ष भगिरथ खत्वेले गाँस, बास जस्तो अति मानविय र आधारभूत आवश्यकतालाई नेपाल सरकारले आयोग मार्फत व्यवस्थापन गर्न लागेको जानकारी दिए ।
सरकारले भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधनले भूमिहिन र भूमिहिन सुकुम्बासीलाई कानुन निर्माण गरेर आयोग मार्फत व्यवस्थापन गर्ने कार्य अघि बढाईरहेको सरोकारवालाहरु सँगको अन्तक्रिया कार्यक्रममा बताए । हालसम्म सरकारले भूमिहिन, सुकुम्वासी अव्यवस्थित् वसोवास व्यवस्थापन सम्वन्धी २१ वटा कानुन निर्माण गरेर कार्य अघि बढाई रहेको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले भने भुमी र आवास सम्बन्धि अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएको भन्दै अव आयन्दा कसैले पनि भुमिहिन भएर बस्नु नपर्ने बताए । वास्तविक भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने प्रष्ट पारे ।
उता सो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, वडा नं.२ का आलम मिँया अंसारी, वडा नं.३ का सुकदेव यादव, वडा नं.४ का हारुण अंसारी, वडा नं. बसरुद्धिन मंसुरी, वडा नं.६ का राजेशवर प्रसाद साह, वडा नं.७ का रामचन्द्र यादव, वडा नं.८ का हात्तिम अंसारी लगायतका विभिन्न वडाका वडा सचिव , नापी कार्यलय प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभगीत रहेको थियो ।
Discussion about this post