धिरेन्द्र कुमार चौधरी/ रामधुनी
सुनसरी सदमुकाम इनरुवा नगरपालिकाको छिमेकी रामधुनी नगरपालिका कृषि क्षेत्र भएको नगर पालिका हो । यहाँ ग्रामीण क्षेत्रमा उर्बर जग्गा रहेको कारण कृषि क्षेत्रमा बिकासका सम्भावना रहेको छ । यहाँ सिचाइका लागि सुनसरी र मोरङ सिचाइ योजना रहेता पनि कृषकलाइ खेतिको समयमा पानी अभाब हुने गरेको छ । नहर निर्माण हुनु भन्दा अगाडि जङ्गल क्षेत्र बाट आइरहने पानी किसानले सिचाइको रुपमा प्रयोग गर्ने गर्दथ्यो । त्यतिबेला यस क्षेत्र बाली उब्जाउ हुदैन्थ्यो किसानहरु बताउछन् । अहिले सिचाइ क्षेत्रमा भैरहेको बिकासले गर्दा किसानले हरेक बाली उब्काउ गर्ने गरेको छ ।
बर्षायाममा प्रयाप्त बर्षा नहुदा अहिलेपनी किसानलाइ खडेरीका बेला धान खेती गर्न समस्या पर्ने गरेको छ । यहाँ पहिले जग्गा बाझो रहने गर्दथ्यो । अहिले सिचाइ सुबिधा भएकै कारण बाझो जग्गा हराभरा रहेको छ । धान बाली किसानले भित्राइसकेछी जग्गा बाझो रहने गरेको थियो । तर अहिले त्यस्तो छैनन् । बाझो रहने जग्गा हराभरा रहेको छ । ती जग्गामा मकै खेती कृषकले लगाएका छन् ।
स्थानीय बडा कार्यालयले मकै बीउ र स्यालो ट्युबवेल किसानलाइ अनुदानमा बितरण गरेपछि किसानहरु मकै खेती तर्फ आकर्षित भएका हुन । रामधुनी ९ का बडा अध्यक्ष घनश्याम चौधरीले अहिले ५० बिगाहा जग्गा भन्दा बढिमा स्थानीय कृषकले मकै खेती गर्दै आएको जानकारी दिनुभयो ।
अहिले डुम्राहा बाधमा दुई बटा डिप बोरिङ जडान गरि सन्चालनको तयारीमा रहेको छ । संघिय र प्रदेश सरकारको सहयोगमा बोरिङ जडान भैरहेको छ । त्यहा करिब दुइ सय भन्दा बढी जग्गामा सिचाइ अभाव रहेको थियो । सिचाइ सुबिधा भएपछि स्थानीय कृषक खुशी रहेका छन् ।
Discussion about this post