इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज़मल अख्तर आजादले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
अध्यक्ष आजादले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूलाई तीज पर्वले शान्ति, समृद्धि, र आपसी सद्भाव बढाओस् भनी हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले तीज पर्वले नेपाली समाजमा महिलाहरूको एकता, संघर्ष, र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका रहेको बताए।
तीज पर्वलाई धार्मिक, सांस्कृतिक, र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको छ। अध्यक्ष आजादले यस पर्वले समाजमा विद्यमान लैंगिक विभेद, जातीय भेदभाव लगायतका सामाजिक कुरीतिहरूविरुद्ध चेतना फैलाउन सहयोग पुर्याउने बताए। साथै, तीजले महिला सशक्तीकरणको अभियानमा ठोस आधार खडा गर्ने उल्लेख गरेका हुन् ।
पालिका अध्यक्ष आजादले नेपाली महिलाहरूको बलिदान र सामाजिक योगदानको प्रसंशा गर्दै उनीहरूको साहसिक कदमहरूले समतामूलक समाजको निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले जातीय र धार्मिक एकता जस्ता महत्वपूर्ण मुद्दाहरूलाई प्राथमिकतामा राखेर समग्र समाजलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्।
Discussion about this post