इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउन्डेसन नेपाललाई सम्मान गर्दै विदाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करुणा फाउन्डेसनको योगदानको कदर गर्दै संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष अजमल अख्तर आजादले करुणा फाउन्डेसनको सहयोगले गाउँपालिकामा अपाङ्गता रोकथाम र पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै भने, “करुणा फाउन्डेसनको निरन्तर सहयोगले यस क्षेत्रमा ठूलो सकारात्मक परिवर्तन ल्याएको छ।
गाउँपालिकाले यस संस्थासँग सहकार्य गर्दै अपाङ्गता रोकथाममा मात्र नभई सामाजिक पुनःस्थापनामा समेत महत्त्वपूर्ण काम गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन हामी सबै लागिपर्ने उनलेे बताए ।”
कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले सम्बोधन गर्दै करुणा फाउन्डेसनको सहयोगलाई प्रशंसनीय ठहर्याउँदै भने, “करुणा फाउन्डेसनले अपाङ्गता रोकथाम र पुनःस्थापनामा पुर्याएको सहयोग अविस्मरणीय छ। यस फाउन्डेसनको प्रयासले समुदायलाई लाभ पुग्दै आएको छ, र भविष्यमा पनि यस्ता संस्थाहरूसँग मिलेर काम गर्न हामी तयार रहेको बताए ।”










Discussion about this post