इनरुवा । इनरुवा नगरपालिकाका चर्चित युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेकाे छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
नेपाली काँग्रेस तथा तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रि पार्टीको राजनितिमा विगत लामो समय देखी सक्रिय मेहता शुक्रबार औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुन् ।
सानै उमेर देखि नै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिक सभापति स्व.गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता बिजय गच्छदारसँग नजिक रहेर काम गरेका मेहता औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुुन् ।
उनी बिजय गच्छद्धारसँग निकट मानिन्थे । तर, पछिल्लो समय काँग्रेस पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका हुन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्दा लोकप्रिय मत ल्याउन सफल बनेका इनरुवाका युवा नेता मनोज कुमार मेहता अहिले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेपछी उनि एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने चर्चा सूरु भएको बुझिईएको छ ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post