इनरूवा / सुनसरी जिल्लाको भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा माघ महिनामा सबैभन्दा बढी काराेबार गरेको छ ।
माघ महिनामा भएको कामको सुचि अनुसार इनरुवा मालपोत कार्यालयबाट मात्रै २ हजार ८ सय ७ वटा लिखत पारित भएका छन् भने १५४ वटा नामसारी र १ सय ४५ वटा संसोधन इनरुवा मालपोत कार्यालयबाट भएका छन् ।
भुमिव्यावस्था तथा अभिलेखिकरण बिभागले दिएको जानकारी अनुसार इनरुवा मालपोत कार्यालयबाट माघ महिनाभरीमा १ हजार १ सय ७० जग्गा रोक्का र ९ सय २ जग्गा फुकुवा भएका छन् भने १३ वटा जग्गा वाँडफाँड र ९२ दाखिल खारेज भएका छन् ।
सुनसरी जिल्लाको अर्को मालपोत कार्यालय धरानले एक महिनामा ४ सय ५० वटा लिखत पारित गरेको छ भने २४ वटा नामसारी र २ सय १२ जग्गा रोक्का र १ सय ५५ वटा जग्गा फुकुवा गरेको छ ।
Discussion about this post