शुभ नारायण यादव सप्तरी ।मधेश प्रदेश स्थित सप्तरीको डाक्नेश्वरि नगरपालिकाका बेरोजगार युवाहरु हाउस वाइरिङकाे सिप सिकेर घरमै बसेर दुई चार पेसा अाय अार्जन गर्न सकिने विश्वास ब्यक्त गरेका छन । डाक्नेश्वरि नगरपालिकाकाे सहयोग तथा चाेबटिया सामुदायिक विकास केन्द्र ब्रहमपुरकाे आयाेजनामा पढे लेखेर बेरोजगार बसेका युवाहरुकाे लागि सन्चालित पन्ध्र दिने वडा स्तरीय हाउस वारिङ्ग तालिममा सहभागी बक्ताहरुले साे कुरा बताएका हुन । आयाेजक सस्थाका अध्यक्ष अर्जुन कुमार यादवकाे अध्यक्ष्ता तथा डाक्नेश्वरी नगरपालिकाका योजना अधिकृत बिनोद कुमार ठाकुरकाे प्रमुख आतिथ्यमा आयाेजित तालिमकाे उदघाटन समारोहमा आयोजक संस्थाका उपाध्यक्ष मो. मैउदिन , डाक्नेश्वरि नगरपालिका वडा न. १ का वडाअध्यक्ष विजय कुमार चौधरी ,वडा न.७ का वडाअध्यक्ष रामनारायण चौधरी , किसान मजदुर संगठनका नगर संयोजक राम अवतार यादव, एकिकृत समाजवादी नेकपाका युवा नेता गणेश चौधरी, समाजसेबी युवा नेता ताराकान्त यादव, सफल नेपाल अध्यक्ष विश्वानाथ साह, स्वक्ष नेपाल अध्यक्ष माड्नेश्वर सदा, मानब कल्याण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष अरविन्द चौधरी, तालिमकि प्रमुख प्रशिक्षक शिबकुमार चौधरी, सहायक प्रशिक्षक संजय चौधरी, बद्रि सदा, ललित यादव लगायतहरुले आ- आफ्नाे धारणा राखेका थिए । उक्त तालिममा झन्डै तिन दर्जन बेराेजगार युवाहरूको सहभागीता रहेकाे आयाेजक सस्थाका अध्यक्ष अर्जुन कुमार यादवले जानकारी दिए।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post