इनरूवा । सुनसरी सदरमुकाम इनरूवामा केदारप्रसाद पोख्रेलद्वरा लिखित एक प्राकृतिक स्वस्थ्य सार नामक पुस्तक बिमोचन भएको छ ।
बिहीबार इनरुवाको बाणिज्य संघको सभाहलमा भएको बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव १ नं. प्रदेशका संसदिय दलका नेता तथा प्रदेश सांसद राजिव कोइराला ज्यू प्रमुख अतिथी हुनुहुनथ्यो ।
‘‘स्वास्थ्य जिवन पद्यतिको आधारमा स्वास्थ्य, कृषि र संमृद्धि प्राप्तीका लागी प्रकृतिको ऊर्जाको आधारमा प्राकृतिा खेतीको बिकासकालागी प्रेरणा एवं ज्ञान’’‘‘प्रकृतिको रक्षा गर्दै स्वास्थ्य जीवन पद्यतिको आधारमा अर्गानिक, जैविक, प्राकृतिक कृषिप्रविधिद्वरा खेर गएका बस्तु सदुपयो गर्दै संमृद्धि प्राप्तीकालागी’’ यसको मुल नारा रहेको छ ।
लेखक केदारप्रसाद पोख्रेल योग शिक्षक प्रकृतिको सेवकर प्रकृतिको रक्षक प्रकृति प्रेमी प्राकृतिक जीवन पद्धतिका आधारमा ३९ वर्ष निरन्तर संघर्षले यो स्थानमा आई पुग्नु भएको हो ।
नेपाली अर्गानिक तरकारी तथा फलफुलको प्रदर्शन एंव त्यसको महत्व बारे जानकारी गराईएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापती केदार भण्डारी, नगर प्रमुख राजन मेहता, कृषक झवर यादव लगायतका बक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।कार्यक्रम इनरुवा नगरपालिकाको सहयोगमा एस.एम.एस.फाउण्डेसन द्वरा आयोजित गरिएको थियो । कार्यक्रम माननिय राजिव कोईराला, सभापती केदार भण्डारी र नगर प्रमुुख राजन मेहताज्यूले पुस्तकको बिमोचन गरेकाे थियो ।
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...











Discussion about this post