इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक तथा सुनसरी अनलाईनका संचालक टोमराज मेहतासँग दुव्र्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । केहिदिन अगाडि सुनसरी अनलाईनमा हरिनगर क्षेत्रमा सडक निर्माणकार्यको जिम्मेवारी पाएको सेराजुद्दिन निर्माण सेवाले काममा ढिलासुस्ती गरेको भन्ने प्रसारित समाचारको विषयलाई लिएर उक्त ठेकेदार कम्पनीका संचालक सेराजुद्दिन अन्सारीले पत्रकार मेहतासँग शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए ।
नेपाल प्रेस युनियन इनरुवा नगर सभापति समेत रहेका पत्रकार मेहतालाई ठेकेदार अन्सारीले शुक्रबार हरिनगर गाउँपालिका कार्यालय अगाडि उनको मोटरसाइकलको साचो खोस्दै समाचारमा आफ्नो चित्त नबुझेको भन्दै दुव्र्यवहार गरेका थिए । घटनापश्चात् सुनसरी प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफूबाट गलती भएको स्विकार्दै ठेकेदार अन्सारीले पत्रकार मेहतासँग माफीसहित भविष्यमा आफू वा आफूमार्फत आइन्दा त्यस्तो गलती नदोहोरिने वा दोहोरिएको अवस्थामा कानुनी कारबाही भोग्न तयार रहेको लिखित कागजात पश्चात् मिलापत्र गराइएको छ । आफू जिल्लाको हरिनगर गाउँपालीकाको ग्रामीणभेगका साथै इनरुवालगायत सुनसरी जिल्ला कार्यक्षेत्र बनाएर दुई दशकदेखि सक्रिय पत्रकारिता रहेको बताउदै पत्रकार मेहताले कोही कसैबाट दबाब वा प्रभाव आएकै भरमा सत्यतथ्य समाचार लेख्न नछाड्ने बताए । त्यसैगरी ठेकेदार अन्सारीले काम गर्ने सिलसिलामा आवेगमा आएर आफूबाट त्रुटि भएको बताउदै पत्रकारहरुलाई जनताको मर्म र भावनाअनुसार पत्रकारिता गर्न आग्रह गरे ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post