गायक सुशिल र रचनाको नयाँ गित “इलाम कन्याम स्वर्ग जस्तै ठाँउ ”बजारमा आउने तयारीम,
सुनसरी । पुर्बेली लोक जुहारी गित “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” आउने तयारीमा रहेको छ ।
पुर्बेली लोक जुहारी क्षेत्रमा एउटा छुट्टै नाम बनाउन सफल गायक सुशिल भट्टराई र रचना रिमालको स्वर रहेको “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” सार्बजनिक गर्ने तयारी भइरहेको हो ।
प्रवासमा रहेर पनि आफ्नो देश र जन्म भुमी इलामलाई स्मरण गर्दैै रचना गरेको उक्त गितमा प्रेम चौलागाँइले शब्द सिर्जना गरेका हुन् । उक्त गितमा विशेष गरि प्रदेश १ को प्रर्यटकीय स्थल इलामको बारेमा वर्णन गरिएको छ । प्रेम चौलागाँइको जुनि बित्यो पछिको सुपरहिट गित इलाम कन्याम बन्ने र यो गितलाई दर्शक श्रोताले समेत उत्तिकै माया गर्नुहुन्छ, भन्ने आंकलन गर्न सकिन्छ ।
प्रकृतीको प्रेम र पे्रमील जोडीको माया पाथिभारा मातालाई साँची राखेर आफ्नो प्रेम सफल बनाउन उक्त गितले सहयोग पुर्याउने र इलामको पर्यटन क्षेत्रलाइ समेत टेवा पुर्याउन सक्ने गितको संगित संगितकार बिनोद गहतराजले गरेका हुन भने सु–प्रसिद्ध संगित संयोजक राजु कार्कीले संगित संयोजन गरेका छन् । स्वरको जादु लिएर नेपाली सांगितिक जगतमा प्रवेश गरेकी गायीका रचना रिमाल र सुशिल भट्टराईले उक्त गितमा स्वर दिएका छन् ।
किङ स्टुडियो काठमांडौमा रेकर्ड भएको उक्त गित इलामका बिभिन्न क्षेत्रमा छायाँकन गरीने गायक सुशिल भट्टराईले बताए । प्रेम आदित्य म्युजिकमा प्रिमियर हुने उक्त गित चैत्र अन्तिम हप्तामा आउने भएको छ । प्रकृतिको प्रेम र लोक संगितको जगेर्ना गर्न सधैँ लागि पर्ने पुर्बेली लोक गायक सुशिलका नेपाली बजारमा पुर्वै इटहरी,पानि सलल,अरुनै पारी लगायत करिब दुई दर्जन गित बजारमा आइसकेका छन् भने अधिकांस गितले दर्शक तथा श्रोताको मन पनि जित्न सफल भएका छन् ।
बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन
इनरुवा । बङलादेशमा हालै देखिएका घटनाप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। पञ्चमुखी...














Discussion about this post