शुभ नारायण यादव / सप्तरी । सप्तरीको रुपनि गाउपालिका वडा न.१ मा अवस्थित पण्डित राम कुमार शास्त्री गौ सेवा आश्रम शास्त्रीनगरमा आगलागि हुदा लाखौंको क्षति भएको छ । गाे शालामा काेहि नभएको बेला गएराति अचानक आगलागि हुदा झन्डै १० लाख भन्दा बढीको क्षति भएको हाे । आगलागिबाट गाे शालाकाे एउटा भवन पुर्ण रुपमा क्षति भएको तथा कुनै किसिमको मानविय तथा पशु चाेपायामा समेत कुनै क्षति नभएको पण्डित शास्त्रिले जानकारी दिनुभयो ।
यता आगलागि कसले र किन गरेकाे खुल्न नसकेपनि साे बिषयमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता पण्डित शास्त्रि आफु धार्मिक कार्यक्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका स्थित इनर्वामा राति रहेको बेला माेकाछाेपि आगजनि गरेको हुन सकिने अनुमान गरिए पनि आगलागि कसले गरेकाे खुल्न सकेको छेन । उक्त गाे शालामा झन्डै एक दर्जन गाइ पालन गरिएको छ ।
जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई
विराटनगर । द काउन्सिल अफ जेन–जि, मोरङले आफ्ना तीनबुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री र...










Discussion about this post