इनरूवा ।सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा गाउँघरमै सेवा दिने उदेश्यका साथ श्री खुशीलाल यादव स्मृति प्रतिष्ठान भोक्राहा नरसिंह वडा नं. ५ ले खरिद गरि ल्याएको एम्बुलेन्स उद्घाटन गरिएको छ ।
शनिबार खुशीलाल यादव स्मृति प्रतिष्ठानले आयाेजना गरिएको कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले एम्बुलेन्स उद्वघाटन गरिएको हाे ।
एम्बुलेन्स उद्वघाटन कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष यादवले अबका दिनमा भाेक्राहा नरसिंह गाउँवासीहरूलाई गाउँमै एम्बुलेन्स भएपछि केही सहयोग मिलेको बताए ।
उनले उद्वघाटन कार्यक्रममा भने गाउँपालिकामा एम्बुलेन्स मात्रै हाेइन, जनताका लागि दमकलकाे समेत अवश्यकता रहेको बताएका थिए ।
साे कार्यक्रममा नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष रामकुमार मेहता, नेकपा माओवादी केन्द्र भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डल, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुकदेव यादव, वडा नम्बर ५ का वडाध्यक्ष बसरूद्विन मंसुरी, शिक्षा समितिका सदस्य बेचन यादव, समाजसेवी युवा पंकज यादव, सुरेश यादव, नितेश यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेका थिए ।
Discussion about this post