इनरुवा । नेकपा एमालेको भातृ संस्था अखिल नेपाल महिला संघ भोक्राहा नरसिंह गाउँकमिटिले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । सोही क्रममा सनिबार भोक्राहा नरसिंह गाउँकमिटि भेलाले विनादेवी सुतिहारको अध्यक्षतामा ३५ सदस्य गाउँ कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा अजमेरा खातुन, सचिवमा शर्मिलादेवी मण्डल, सहसचिवमा गितादेवी मण्डल र कोषाध्यक्षमा सुवकी देवी खत्वे चयन भएका छन् । सदस्यहरुमा कोरेसा खातुन, रुवेदा खातुन, जैमुन खातुन, रोजीतीन खातुन सहितको अनेम संघमा चयन भएका छन् । अगामि निर्वाचन लक्ष्ति कार्यक्रम अन्तरगत गाउँ भेला सुतिहारको अध्यक्षतामा अनेमसंघ कमिटी गठन गरेको एमालेका भोक्राहा नरसिंह अध्यक्ष रामकुमार मेहताले जानकारी दिए।
कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री जगदिश प्रसाद कुसियैत, धरान उपमहानगरपालिकाका उपप्रमुख तथा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, नेतृ कानुन अधिकारी, मिरा दाहाल, एमालेका भोक्राहा नरसिंह सचिव हातिम मियाँ सहितको उपस्थिती रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post