टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित प्रहरी चाैकि कालाकुण्डामा कार्यरत एक प्रहरी जवान ड्युटीमा रहेको अवस्थामा बन्दुक पड्किदा घाईते भएका छन । टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका प्रहरी जवान झंकर बाेहराले गए राति १ बजेर ३० मिनेटमा ड्युटीमा रहेको अवस्थामा साथमा रहेको एसएलआर राइफल चलाउँदा बन्दुक पड्केर घाइते भएको जानकारी प्राप्त भएको छ ।
केही दिनको विदा बसेर चाैकिमा राति ड्युटीमा रहेको बेला साथमा रहेको बन्दुकले आत्महत्याकाे प्रयास हुनसक्ने आशंका गरिएको स्रोतले जानकारी दिएको छ । घाइतेको चिउँडाेमा चाेट लागेकाे बताइएको छ ।
यसबारे जानकारी लिन खाेज्दा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले पारिवारिक कारणले आत्महत्याको प्रयास गरेको हुनसक्ने बताए । घाइते बाेहरालाई नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचारका लागि पुगाइ सकिएको र खतरा मुक्त रहेको जानकारी सापकोटाले दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post