• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नयाँ सुविधा थप्दै चन्द्र संस्कृत मावि

५७औं वार्षिकोत्सवमा २ नया भवन थपिए

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २२ गते, १२:३९ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नयाँ सुविधा थप्दै चन्द्र संस्कृत मावि
81
SHARES
Share on FacebookShare on Twitter

धरान / पछिल्लो समय चन्द्र संस्कृत माविले विकासको ठूलै फड्कोमा उक्लिएको छ । संस्कृत माध्यमको स्कुलको रुपमा स्थापना भएको उक्त मावि अहिले मुख्य विषय सहित सामुदायीक विद्यालयको रुपमा प्लसटू स्कृलहरु संग प्रतिस्पर्धामा उत्रिएको छ ।

विद्यालयको ५७औं वार्षिकोत्सवमा शुक्रवार दुई वटा नयाँ भवन उद्घाटन गरिएको छ । विद्यार्थी संख्या बढ्दै गएपछि शिक्षणका सुविधा उपलव्ध गराउन नयाँ भवन निर्माण भएको हो । उद्घाटनको अवसरमा धरान उपमहानगरपालिका मेयर तिलक राईले भने ‘धरान पूर्वको शैक्षिक केन्द्र रहँदै आएकोले यस्लाई प्रदेश १ को उच्च शिक्षाको केन्द्रको रुपमा विकास गर्न स्थानीय सरकार उपमहानगरपालिकाले काम गर्दै आएको छ ।’

नेपालको पूर्वीक्षेत्रमा शिक्षाका लागि अग्रजहरुले धरानलाई केन्द्रको रुपमा राखेर ठूलो योगदान, लगानी र मेहनत गरेको इतिहास यहाँ भएका शैक्षिक संस्थाहरुको निरन्तरताले देखाउँदै आएको उनले बताए । मेयर राईले भने ‘धरामा स्वास्थ्य विज्ञान, विज्ञान प्रविधि, इञ्जिनीयरिङ, इतिहास, संस्कृति र भाषा सबै विषयका उच्च शैक्षिक संस्थाहरुबाट वर्सेनी हजारौं विध्यार्थी उत्पादन हुँदै आएको कुराले त्यस्को पुष्टी गर्दछ ।’

व्यवस्थापन समितिका अध्यक्ष डा. आचार्यले उक्त भवनहरु संघीय सरकार, स्थानीय सरकार र विद्यालयको आन्तरिक श्रोत, दाताहरुको अनुदानमा निर्माण भएको जानकारी दिए । धरान उपमहानगरपालिकाको साढे ६ लाख रुपैयाँ अनुदानबाछ पुस्तकालय भवन पनि बनेको उनले बताए । भवनको उद्घाटन प्रमुख अतिथि मेयर राई र अध्यक्ष आचार्यले संयुक्त रुपमा गरेका थिए ।

वार्षिकोत्सवको मौकामा पूर्व विद्यार्थीको ठूलो जमघट थियो । धरानमा उपलव्ध पूर्व विद्यार्थी नेपाली कांग्रेस नगर सभापति श्याम पोखरेल, वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले सरस्वती मन्दिर बनाउन आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे । पोखरेलले ११ हजार १ सय ११ रुपैयाँ र काफ्लेले २५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । सोही अवसरमा दाताहरु निर्माण व्यवसायी पूर्णबहादुर राई, पूर्वाञ्चल ईञ्जिनियरिङ क्याम्पस प्रमुख काजिराम कार्की र उपप्रध्यापक भिषण भूजेलसहित लाई सम्मान गरियो ।

चन्द्र संस्कृत विद्यालय चन्द्रप्रसाद आचार्यले संस्कृत माध्यमको विद्यालयका रुपमा स्थापना गरेका हुन् । २०२१ साल माघ २४ गते वसन्त पञ्चमीका साइत पारेर धरान–१६ स्थित विद्यालयमा पठन पाठन शुरु गरिएको थियो । प्रदेश १ को सरकारी माविको रुपमा सञ्चालित कक्षा १ देखि १२ सम्म मुख्य विषय संस्कृत रहेको उक्त मावि पहिलो र एक मात्र हो । विद्यालयको आफ्नो छात्राबास छ । छात्राबासमा ५० भन्दा बढी विद्यार्थी बस्छन् । धरान देखी बाहिर अन्य जिल्ला बाट आएका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु लागि उक्त सुविधा प्रदान गरिदै आएको छ ।

विद्यालयमा प्रदेश १ भरिका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ, तेह्रथुम, संखुवासभा लगायत ७७ जिल्ला बाटै संस्कृत पड्नका लागि आएका विद्यार्थीहरु छन् । पूर्वीय वैदिक वाङ्मयको संरक्षण, प्रवद्र्धनका लागि विद्यालयको स्थापना विद्यालयमा अहिले मुल विषय संस्कृत सहित साधारण माविका पठ्क्रम पठन पाठन हुन्छ । पछि २०२८ सालमा नयाँ शिक्षा लागू भए पनि यस विद्यालयको नाम चन्द्र संस्कृत माध्यमिक विद्यालय राखिएको हो ।

स्थापनाकालमा योगी नरहरिनाथ, पण्डित छविलाल पोख्रेल, डिट्ठा लक्ष्मीप्रसाद आचार्य, भूपु प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, भूपालमान सिंह कार्की, मेघराज शर्मा, पण्डित दामोदर भट्टराई, मोतीलाल अग्रवाल लगायतको योगदान रहेको छ । पछिल्लो समय शिक्षामा नीजि क्षेत्रको बोलबाला, अंग्रेजी माध्यममा आकर्षण बढेपछि विद्यालय ओझेलमा परेपनि विद्यालय प्रचार प्रसार विज्ञापनको होडबाजी भन्दा अलग निरन्तर चल्दै आएको छ । विद्यालयमा हाल आन्तरिक प्रतिस्पर्धाबाट ३० कोटामा मासिक ४ सय रुपयाका दरले छात्रावृत्ति प्रदान गरिँदै आएको छ । उनिहरु लाई निःशुल्क छात्रावासको व्यवस्था छ ।

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist