राजविराज । नेकपा (माओवादी केन्द्र) बोदे बर्साईन नगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा सम्भावित उम्मेदवारहरुले चुनावी चहल पहल वढाएको छ ।
चुनाव परिचालन सम्बन्धमा केन्द्रित भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का संभाबित प्रमुख पदका उम्मेदवार डाÞ सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव,दिलिप कुमार यादव,किरण कुमार यादवर हेको छ । त्यसै गरी उप प्रमुखमा सुनिता कुमारी साह रहेकी छिन । ओवादीको उपहार नगर गाउँमा सिंहदरबार भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएको नेकपा (माओवादी केन्द्र) बोदे बर्साईन नगर समितीको बैठकमा वस्तुगत अवस्थाको बारेमा अगुवा नेता संग अन्र्तक्रिया गरिएको थियो ।
युवालाई रोजगारीको ग्यारेण्टी, व्यवसायीलाई व्यापार, किसानलाई खेतमा सिंचाई, मल,खाद,विउको ब्यवस्था , महिलालाई धरेलु हिंसा रहित , विद्यार्थीलाई रोजगारमुखि शिक्षा , नगरको समुचित बिकाशका नाराको साथ चुनावलाई लक्षित गर्दै नगरका १० वटै वडाहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका संभाबित प्रमुख पदका उमेदबार डाÞ सुर्य प्रसाद यादवले जानकारी दिनु भयो ।
सोही बैठकवाट पार्टीले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय तय गरिएको छ। साथै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।
Discussion about this post