इनरूवा । सनुसरीको विभिन्न स्थानीय तहमा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले मंगलबार आफ्नो अगुपाई तथा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूको सहभागितामा संयुक्त रूपमा र्याली सहित कोण सभा सम्पन्न गरेको छ ।
इनरुवामा ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ लोकतान्त्रिक चौक, इनार चौक, बसचौक हुदै इनरुवा नगरपालिकामा कोण गरिएको थियो ।
त्यसैक्रममा इनरुवा नगरपालिकाले नगर क्षेत्रबाट पहिलो एसएलसी पास गर्ने महिला, पहिलो महिला पत्रकार चन्दा रायमाझी, पहिलो महिला कवि विमला पोखरेल, प्रधानाध्यापक गंगा बराल, महिला चिकित्सक पुजा दास, गायक राधा सुबेदी, फुटबल खेलाडी आशिका बोहरा, मौलिक भाषागत गायिका राजकुमारी चौधरी, अपांगता क्षेत्रमा योगदान गर्ने रुकमणि घिमिरे सहित १० जनालाई सम्मान गरेको छ ।
इनरुवाको पहिचानमा महिला भएर पहिलो पटक योगदान गर्ने शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, खेल, समाजिक क्षेत्रका महिलाहरुलाई ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान गरेको इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले जानकारी दिइन् ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post