धरान / कर्मचारीहरुको चुस्तीफुर्तीले कार्यालयीय सेवामा सकारात्मक भूमिका खेल्न सक्छ । त्यस्का लागि शारिरिक व्यायाम जरुरी हुन्छ । खेलकुदमा रुची त्यस्को लागि उत्तम भएकाले धरान उपमहानगरपालिका खेलकुद विकास समितिव्दारा आयोजित अन्तर कर्मचारी व्याडमिन्टन प्रतियोगीता मंगलवार सम्पन्न भएको छ ।प्रतियोगिता तिन क्याटोगोरीमा भएको थियो । त्यस्मा ब्वाईज डबलतर्फ रामकुमार माबो र कुमार राई प्रथम, किशोर अधिकारी र सत्यनारायण राई द्धितिय, राजेन्द्र राई र दिपक मगर÷रमेश राई र राजिव राई तृतिय भएका छन् ।
गल्र्स डबलमा स्वेता राई र ईच्छा मगर प्रथम, लक्ष्मी तामाङ र एलिशा राई द्धितिय, मिना कुलुङ र सरस्वती सुनुवार÷दिपिका कार्की र मन्नु राई तृतिय भइन् । ब्वाईज डबलतर्फ नै अर्जुन राई र संजिव राई प्रथम, रोशन घिमिरे र मुकेश पोख्रेल द्धितिय, समिर पौडेल र बसन्त चन्द÷प्रदिव बस्नेत र यज्ञ यादव तृतिय भएको प्रशिक्षक देवेन्द्र खड्काले बताएका छन् ।
प्रतियोगीता समापनको अवसरमा मेयर तिलक राईले प्रतियोगीताको समुहमा प्रथम, द्धितिय तृतिय भएका खेलाडीलाई पुरस्कार वितरण गरे । मेयर राईले भने ‘दैनिक जीवनमा शरिरको चुस्तीफुर्तीले सकारात्मक भूमिका निर्वाह गर्दछ, त्यस्को लागि दैनिक व्यायाम गर्ने बानी राम्रो हो ।’ शारिरिक व्यायाम खेलकुदबाट पनि गर्न सकिने भएकोले आफुलाई मन पर्ने खेलको विहान विहान अभ्यास गर्ने बासी बसल्ल्न उनले सबैलाई सुझाव दिएका छन् ।
विजेताहरुले नगद ६ हजार, ३ हजार, २-२ हजार रुपैयाँ सहित ट्रफी, मेडल पाएका छन् । धरान–१३ स्थित संघीय प्रहरी इकाई कार्यालयको व्याडमिन्टन कोर्टमा प्रतियोगीता सञ्चालन भएको थियो ।
Discussion about this post