शुभ नारायण यादव / सप्तरी ।
सप्तरीमा १२ बर्षकी एक बालिकालाई जबर्जस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ का बर्ष ५३ का बेचन भनिने जगदीश यादव पक्राउ परेको हो ।
यादवलाई सप्तरी जिल्ला अदालत को मिति २०६८/१२/०१ गते र तत्कालीन पुनराबेदन अदालत राजविराजको मिति २०७१/०१/२९ गतेको फैसालाले दोषी ठहर गरी ६ बर्ष कैद र जरिवाना तोकेको थियो । यादवलाई ईलाका प्रहरी कार्यालय कंचनपुरका टोलिले आफ्नै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवलाई अदालतमा उपस्थित गराई कारगार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post