रबिन्द्र यादव /नवलपरासी पश्चिम ।
नागरिकता बिहिन नागरिक संघर्ष समिति नवलपरासी पश्चिमका संयोजक काशिम अन्सारीले जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष , पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीलाई संसदबाट नागरिकता बिधेयक पास गराउने पहल गरिदिन भनी ज्ञापनपत्र बुझाएका छन् । जनता प्रगतिशील पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक त्रिपाठी गृह जिल्ला नवलपरासी पुगेका त्रिपाठीको जनसभा कार्यक्रममा संघर्ष समितिले त्रिपाठीलाई ज्ञापनपत्र बुझाएकाे हो ।
नागरिकता बिहिन संघर्ष समितिले आफुहरुलाई परेको समस्या ज्ञापनपत्रमा उल्लेख गर्दै नागरिकता नभएर उच्च शिक्षा हासिल गर्न , पढेर पनि सरकारी तथा गैरसरकारीमा जागिर पाउन , बैदेशीक रोजगारीमा जान नसकेको , बैकमा खाता खोल्न नसकेको , समान्य आफनो नामबाट सीमकार्ड समेत निकाल्न नपाएको मृतक समान जीवन जिउन बाध्य भएको पत्रमा उल्लेख्य गरिएको छ । नेपालको संविधानमा नागरिकता दिन हामीलाई नरोकिए पनि समयमा कानुन बन्न नसकेर नागरिकता बहिन भएको पत्रमा समेत उल्लेख गरिएको छ । पत्रमा उनिहरुले नेपालको सबिधान २०७२ को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा व्यक्त गरेका छन् । स्मरण रहोस संघर्ष समिति केन्द्रले राष्ट्रियस्तरमा राष्ट्रिय मानव अधिकार आयोग र यु एन हाउसमा समस्या बारे जानकारी गराउदै संघिय सांसद सचिवालय लगायत विभिन्न संबन्धित निकाय सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाउनुको साथै धर्नाका कार्यक्रम गर्दै आएको छ ।
उक्त जनसभा कार्यक्रम मा पार्टीका क्षेत्रीय अध्यक्ष रामप्रित यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय अध्यक्ष त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फरहान ईकबाल खाँ, केन्द्रिय महासचिव ईश्वर दयाल मिश्रा, केन्द्रिय सदस्य श्याम कृष्ण अधिकारी, युवा नेता करम हुसेन अन्सारी लगायतले पार्टी प्रतिको धारणा र उद्धेश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post