शुभ नारायण यादव/सप्तरी । लायन्स क्लब अफ खडकनगर सप्तरीले भवानी प्रसाद सकल प्रसाद रामप्राद जनता माध्यमिक विद्यालय कल्याणपुरका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ।
भसराज मावि कल्याणपुरका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीलाई ब्याग वितरण गरेको हो। विद्यार्थीहरुलाई ब्याग वितरण गर्दै लायन्स क्लब खडक नगरका सल्लाहकार एंव मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले विद्यार्थीहरुलाई अनुशासित र मिहनेती हुन आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरुलाई दिईएको ब्यागले उनीहरुमा शिक्षा प्रति थप उर्जा बढने र निजि विद्यालयको जस्तै अनुभव गर्ने बताउनुभयो। उहाँले लायन्स क्लब एक विशुद्ध समाजिक सेवामा समरपित स.स्था रहेकोले यसका ज्ञान र सेवामूलक कार्य सबैको लागि आवश्यक रहेको बताउनुभयो।
लायन्स क्लब अफ खडकनगर सपतरीका अध्यक्ष माला कर्णको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक रोहित प्रसाद सिंहले विद्यार्थीहरुले पाएको ब्यागले विद्यालय प्रति आकर्षण बढनुको साथै विद्यार्थीहरुमा हौसल्ला बढने बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ खडक नगरका उपाध्यक्ष शत्रुधन प्रसाद साह अजाद, सचिव ध्रुब कुमार मण्डल, लान्यस क्लब सदस्य एंव नेकपा माओवादी केन्द्र खडक नगरपालिकाका अध्यक्ष जय प्रकाश चौधरीलगायत विद्यालयका शिक्षकहरुको र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा विद्यालयका कक्षा १ देखि ५ सम्मका १ सय ४४ जना विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको थियो।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post