इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत कृषि शाखाले मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा छनाैट भएका मकै ब्लक अन्तरगत ५०% अनुदानमा वितरण गरिएको मकै बीउ लगाएको किसानहरूको मकैबाली अनुगमन गरिएको छ ।
बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गत मकै उत्पादन प्रवर्द्धन कार्यक्रमको ५०% अनुदानमा ब्लकमा छनाैट भएका भोक्रहा नरसिंह गाउँपालिका भित्र रहेका ५ वटा कृषि सहकारी संस्थाले बिउ वितरण गरिएको किसानहरूको मकैबाली अनुगमन गरिएको सुचना प्रविधि अधिकृत सन्देश तिमिल्सिनाले जानकारी दिए ।
उनलेे दिएको जानकारी अनुसार मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा छनाैट भएका मकै ब्लक अन्तरगत ५०% अनुदानमा सहभागी भएका भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह वडा नं.१, श्यामा श्याम कृषी सहकारी संस्था लि. भोक्राहा नरसिंह वडा नं.१ , यान्त्रिक कृषि सहकारी संस्था लि.भोक्राहा नरसिंह वडा नं.२,माधुरी कृषि सहकारी संस्था लि.भोक्राहा नरसिंह वडा नं.३ र मिथिला कृषि सहकारी संस्था लि.भोक्राहा नरसिंह वडा नं.७ मा सञ्चालनमा रहेको मकै ब्लक क्षेत्र अनुगमन गरिएको हाे ।
साे अनुगमनमा भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत कृषी प्राविधिक रेनुका चौधरी, अमिन महानन्द यादव, कम्प्युटर अपरेटर विपुल कुमार यादव लगयतका विभिन्न सहकारीमा आवद्व किसानहरूले मकै ब्लक अनुगमन गरिएको उनले बताए ।
Discussion about this post