दुहबी / सुनसरीको दुहबी नगरपालिकाको मोटरसहितको च्यापकटर (कुटि काट्ने मेशिन) उपलब्ध गराएपछि कृषकहरू उत्साहित भएका छन् ।
नगर परिसरमा दुहबी नगर प्रमुख बेद गच्छदारले आज विभिन्न वडाका १० जना पशुपालक कृषकहरूलाई उक्त मेशिन हस्तान्तरण गर्नुभयो ।
दुहबी नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मोटर सहितको च्यापकटर (कुटि काट्ने मेशिन) वितरण गरिएको हो ।
प्रतिगोटा ४० हजार माथि पर्ने रु ४ लाख बराबरको उक्त मेशिन हस्तान्तरण गर्दै गच्छदारले पशुपालक कृषकहरूलाई मेशिनको सदुपयोग गर्दै पशु प्रवर्धनमा दुहबी लाई आत्मनिर्भर गराउन कृषकहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए ।
दुहबी नगरपालिकाले दुहबीलाई पशु प्रवर्धनमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्बन्धी सामाग्री वितरण गर्दै आएको छ ।
Discussion about this post