इनरूवा ।सुनसरीका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा बराहक्षेत्र नगरपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा जिल्लाको १२ वटा पालिकामध्ये बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । सूचकमा कूल १०० अंकमध्ये साे पालिकाले ६८.७६ अंक पाएको छ ।
त्यसैगरी कोशी गाउँपालिका ६७.१६ अंक पाएर दोस्रो भएको छ भने भाेक्राहा नरसिंह गाउँपालिका ६६.४१ अंकका साथ तेस्रोमा स्थानमा परेको छ ।
जिल्लाको गढी गाउँपालिका ६५.८४ चौथो, हरिनगर गाउँपालिका ६१.०९ अंकका साथ पाँचौ स्थानमा परेकाे छ ।
त्यस्तै दुहबी नगरपालिका ५९.८९ छैठौं,धरान उपमहानगरपालिका ५७.९१ साताैं,इनरूवा नगरपालिका ५६.८५ आठौं , देवानगन्ज गाउँपालिका ५३.९९, ईटहरी उपमहानगरपालिका ५३.४४ दशाैं,रामधुनी नगरपालिका ५१.३६ एघारौं र बर्जु गाउँपालिका ४६.११ अंकका साथ बाह्रौं स्थानमा परेका छन् ।
आयोगले संविधानको धारा २५१ को उपधारा १ खण्ड ख बमोजिम संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि उक्त मूल्यांकन गरेको हो । आयोगले गरेको सोही मूल्यांकनको सिफारिसको आधारमा आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानिकरण अनुदान वितरण गर्न लागिएको हो ।
आयोगले स्थानीय तहहरुले असार १० भित्र सभामा बजेट पेश गरे/नगरेको, उक्त बजेट असार मासन्तभित्र सभाबाट पास गरे/नगरेको, घरजग्गा, मनोरञ्जन तथा विज्ञापन करको ४० प्रतिशत राजस्व मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आगामी आर्थिक वर्षको बजेट अनुमान पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, आन्तरिक राजस्वको लक्ष्य, राजस्व संकलनको विवरण राखे नराखेको विषयमा मूल्यांकन गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षको कुल विनियोजित रकम, कुल खर्च, कुल पुँजीगत विनियोजित रकम, कुल पुँजीगत खर्च, कुल लेखा परीक्षण भएको रकम, बेरुजु, स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या अवस्था, कक्षा १० को परीक्षामा विद्यार्थीको प्राप्ताङ्क, नियमित गर्भजाँच गराउने गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति गराउने संख्या, पूर्ण खोप लगाउने बालबालिका तथा कार्यसम्पादन विवरण तोकिएको अवधिमा अनलाइनमा राखे नराखेको लगायतका सूचकमा आयोगले अंक प्रदान गरेको थियो ।
भाेक्राहा नरसिंह गाउँपालिका बाबुनन्दन मेहताले स्थानीय जनता, कर्मचारी लगायत सबैको सहयोगबाट गाउँपालिका जिल्लाको तेस्रो स्थानमा पुगेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
Discussion about this post