मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा हाेलीकाे दिन हिजाे सवारीसाधन नियम बिपरित चलाउनेबाट एकै दिनमा ४० हजार राजस्व संकलन गरेकाे छ । माेटर साईकलमा तीन जना सवार गर्ने , बिना हेल्मेट माेटर साईकल चलाउने ६४ जना सहित ३८ वटा माेटरसाईकल नियन्त्रण लिईएकाे ईलाका प्रहरी कार्यालय का प्रमुख प्रकाश सापकोटा ले जानकारी दिए । टीकापुर लगायत आसपासका क्षेत्रबाट उक्त सवारीसाधन र मानिस नियन्त्रण लिएको प्रहरीले जानकारी दिएकाे छ । टीकापुर क्षेत्रमा हाेली पर्वका दिन अप्रिय घट्ना हुन नदिन हुने दुर्घटनामा कमि ल्याउनका लागि चेकजाँच मा कडा गरिए पनि दुर्घटना हुदा २ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाईते भएका छन । प्रहरीका अनुसार से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो । प्रजापतीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्जीलको टीकापुरमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । यस्तै दिवस चौधरी घाइते भएका छन् ।
Discussion about this post