- धरान । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)धरान उपमहानगर धरान वडा नं२०को वडा भेलाले नवीन राईकाे अध्यक्षता वडा कमिटी गठन गरेकाे छ । धरान उपमहानगरपालिकामा संगठन निमार्ण अभियान अन्तरगत भएको भेलाले आउदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा कलम चुनाव चिन्ह भएका उम्मेदवारलाई विजयी गराउन टाेल वस्तीमा संगठन निर्माण गर्ने प्रस्ताव पारित गर्दै वडा कमिटी गठन गरेको हाे । वडा कमिटीको उपाध्यक्षमा सरोज राई, सचिवमा बालकुमारी राई, उपसचिव.पुर्णीमा राई चयन भएका छन । वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीका बिषयमा निर्देशन दिएका थिए । भेलामा जिल्ला सदस्य आन्नद श्रेष्ठ, धरान सचिव खेमराज दाहाल, उपसचिव अमृता रमदान सेन्चुरी, राज कुमार राई, भुवनसिं राईलगायतको सहभागीता रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post