इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा नेपाली कांग्रेसका गाउँ समितिका सभापति युवराज दाहाल सहित १३ जनाले उम्मेदारवारहरुले आफ्नो नाम सिफारिस गराएका छन् ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा नं.१ को वडा समितिको बैठकबाट भोक्राहा नरसिंह गाउँ समितिका सभापति युवराज दाहाल सहित १३ जनाको नाम सिफारिस गरिएको ने.का. वडा सचिव प्रविण मेहताले जानकारी दिए ।
उनले बताए अनुसार १३ जना उम्मेवारीहरुले वडाध्यक्ष पदमा इच्छा देखाएपछि वडा कार्यसमितिको बैठकबाट नाम सिफरिस गरिएको बताए ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका १ नं. वडा कार्यसमितिले वडाध्यक्ष पदका लागि गाउँ समिति सभापति युवराज दाहाल , समाजसेवी बद्री नारायण मेहता, समाजसेवी युवा उमेश कुमार मेहता, सम्पतलाल उराँव, शिवनारायण मेहता, राजकुमार मेहता, रामचन्द्र मेहता, नारायण प्रसाद मेहता, बेचन मेहता, लक्षमण मेहता, पदम बस्नेत, युवा पत्रकार राजेश मेहता लगायतका आंकाक्षीहरुको नाम सिफरिस गरिएको हो ।
उता स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा अहिले नेपाली कांग्रेसले विभिन्न वडा तहबाटै उम्मेदवारहरुको नाम संकलन गर्ने कार्य जारी राखेका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post