शुभ नारायण यादव सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा नेकपा माओवादि केन्द्रबाट दिपेन्द्र माझी अध्यक्ष पदको लागि उम्मेदवारी दिने सम्भावना रहेको छ । आगामी बेैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी चुनावी अभियानमा लागेका विभिन्न पार्टि मध्ये सप्तरीको महादेवा गाउपालिकामा नेकपा माओवादी केन्द्रबाट दिपेन्द्र माझी प्रस्तावित उम्मेदवारको रूपमा चर्चामा रहेका छन । निर्वाचनको समय नजिकिदै जादा अहिले विभिन्न राजनितिक दलका नेताहरु आ आफनो पक्षमा मतदान गर्नका लागि चुनावी मैदानमा ओर्लेका छन । महादेवा गाउँका दिपेन्द्र माझी विगत लामो समयदेखि माओवादीको जनयुद्घ कालदेखि लागेका ब्यक्ति हुन । यसैगरी महादेवा गाउपालिकामा नेकपा माओवादि केन्द्रबाट उपाध्यक्षमा अनिता कुमारी मण्डल,अनिता कुमारी यादव,सविता कुमारी मण्डल,उर्मिला देवी यादव,हजरुन खातुनले दाबी प्रस्तुत गरेकी छिन् ।
महादेवा गापा १ वडावाट राधेश्याम यादव, वडा २ वाट जय नारायण अधिकारी,वडा ३ वाट रामु यादव,वडा ४ वाट राज नारायण साह,सत्रुधन यादव,वडा ५वाट भागवत साह,फरेवी सदा, वडा ६ वाट मनोज यादव, हरी मण्डल,रामचन्द्र मण्डल,भुलन खंग आकांक्षीहरु रहेका छन । अहिले स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा गाउ ,टोल ,चिया पसल ,पान पसल लगायत सार्वजनिक स्थानहरुमा चुनावी चर्चा ने चलिरहेका छन ।जानकारहरुका अनुसार यस गापाका सर्धषशील,कर्मठ,जुझारु ,ईमान्दार,नैतिकवान, स्वच्छ छवि भएका दिपेन्द्र माझी सबैभन्दा मजबुत उम्मेदवारको रूपमा छ्न । , वहाँमा सबै पक्षलाई मिलाएर लान सक्ने खुबी समेत रहेका छ्न भने माओवादी जनयुद्घवाट खारिइएर आएका ब्यक्ति हुन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post