इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिक्दै जादाँ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट वर्तमान गाउँपालिका अध्यक्ष सहित पाँच जनाले दाबी गरेका छन् ।
आउँदो स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष रामकुमार मेहता, गाउँ कमिटी इन्चार्ज रमेश यादव, गाउँ कमिटी सचिव हात्तिम अंसारी ,जिल्ला सदस्य बाबुराम साह र वर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले दाबी गरेका हुन् ।
पार्टी स्रोतका अनुसार गाउँपालिकामा २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदकोे टिकट फाइनल नभएपनि अहिले पाँच जनाले इच्छा व्यक्त गरेका छन् ।
एमालेका पाँचौ जना मध्ये चार जना नेताहरुले आफुले गरेको कामको उचित मुल्यांकण हुनुपर्ने तर्क गर्दै टिकटका लागि योग्य रहेको दाबी गरेका छन् ।
उता नेताहरूको भनाइअनुसार पार्टीले सहि मुल्यांकण गरेर मात्र टिकट वितरण गर्नेमा आफुहरु विश्वस्त रहेको दावेदार पाँच जना नेता मध्ये चार जना नेताहरू बताउँछन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post