• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बलात्कार परेकी युवती यतिबेला चर्चामा

‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ जेष्ठ ८ गते, १९:५९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बलात्कार परेकी युवती यतिबेला चर्चामा
107
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं।   ‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् ।
आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ ।
यसरी बलात्कृत भएको भन्दै आरोप लगाउने युवती प्रहरीको सम्पर्कमा छिन् । बुधबार उनले भिडियो सार्वजनिक गर्दै उक्त आरोप लगाएकी थिइन् । उनी शुक्रबार मात्रै प्रहरीको सम्पर्कमा आएकी हुन् । यद्यपि प्रहरीले उनीलाई भेटाइसकेको छैन ।
घटना सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि प्रहरी मूकदर्शक बनिरहेको छ । यसमा पीडित सम्पर्कमा आएर उजुरी दिएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।
नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी किटानी जाहेरी परेपछि थप अनुन्धान प्रक्रिया अघि बढाउने बताउँछन् । तर, सर्वोच्च अदालतले आजभन्दा ६ वर्ष अगाडि एउटा नजिर बसाएको देखिन्छ । जुन नजिरको आधारमा प्रहरीले उजुरी नपरे पनि बलात्कारको घटनामा अनुसन्धान थालेर मुद्दा चलाउनुपर्ने आदेश थियो ।
निर्णय नम्बर ९६२३ जबर्जस्ती करणीसम्बन्धीको नजिरमा तत्कालीन न्यायाधीशहरू देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले जबर्जस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगीकार गरिरहनु न्यायोचित नहुने आदेश थियो । प्रहरीले भने अहिले न उजुरी परेको छ, न त त्यो मुद्दाको हदम्याद बाँकी रहेको भन्दै यसलाई सामान्य रूपमा लिएको देखिन्छ ।
के थियो निर्णय नम्बर ९६२३ ?
कैलालीको मालाखेतीका अमरबहादुर बोगटीविरुद्ध एक १४ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । २२ वैशाख २०६७ देखि २८ माघ २०६७ सम्म नातामा मितबुबा पर्ने बोगटीले डर, त्रास देखाई राति घरमै आएर जबर्जस्ती करणी गर्दै आएका थिए । जबर्जस्ती करणीबाट उनी गर्भवतीसमेत भइन् । २९ माघ २०६७ मा उनले छोरी जन्माइन् ।
अदालतमा दिएको बयानमा आरोपित बोगटीले पनि बलात्कार गरेको स्वीकार गरे । उनले उनकै घरमा गएर उनका बुबासँग बसेर रक्सी सेवन गरी त्यहीँ सुतेको बताएका थिए । त्यही क्रममा २२ वैशाख २०६७ मा राति साढे १२ बजेतिर पीडित किशोरी सुतेको कोठामा गएर उनले बलात्कार गरेका थिए । त्यसपछि उनले पटकपटक बलात्कार गर्दै आएका थिए ।

पटकपटक बलात्कृत भएपछि २०६७ माघतिर उनी घरबाट भागिन् । उनको खोजतलास गर्दासमेत फेला नपरेपछि दिपायलमा प्रहरीले उनलाई फेला पारेको थियो । जहाँ उनी दिपायल पिपल्लास्थित नरी ढाँटको घरमा रहेको दिपक मल्लको होटलमा बसेकी थिइन् । उनले सोही होटलमा २९ माघमा बच्चा जन्माएकी थिइन् ।

उक्त घटनामा जिल्ला अदालत कैलालीले बोगटीलाई ११ वर्षको जेल सजाय, प्रतिवादीबाट पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध बोगटी पुनरावेदन अदालत गएका थिए ।
जाहेरवालीले जाहेरी दरखास्तमा उल्लेख गरेको समय, स्थान, मितिको अध्ययन विश्लेषण नगरी हदम्यादभित्र नरहेको मुद्दालाई हदम्यादभित्र रहेको भनी ठहर गरी आफूलाई कैद सजाय सुनाएको भन्दै पुनरावेदन अदालतमा फैसला उल्टी गरी पाउन भन्दै पुनरावेदन पत्र दिएका थिए ।
पुनरावेदन अदालत दिपायलले ११ वर्षको जेल सजाय घटाएर ६ वर्ष बनाएको थियो । र २५ हजार क्षतिपूर्ति दिनुपर्ने जिल्ला अदालतकोे आदेश भने सदर गरेको थियो । पुनरावेदन अदालतले हदम्याद सकिएको भन्दै पाँच वर्षको जेल सजाय घटाएको थियो । पुनरावेदन अदालतको उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो ।
सर्वोच्चले जबर्जस्ती करणी जस्तो नेपाल सरकार वादी भई चल्ने मुद्दामा पीडितको जाहेरी नै पर्नुपर्छ भन्ने पनि नहुने फैसला गरेको थियो । ‘पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लाञ्छना, कसुरदारको डर धाक, आफ्नो चेतना स्तर, आर्थिक सामाजिक पारिवारिक स्थितिका जस्ता कारणले पनि जाहेरी दिन नसक्ने अवस्था हुने हुँदा जाहेरी नपरी अन्य कुनै किसिमले घटनाको बारेमा थाहा जानकारी भएमा पनि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख थियो ।
यस्तो अवस्थामा जबर्जस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगीकार गरिरहनु न्यायोचित पनि नहुने आदेशमा उल्लेख थियो । यो विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट जाहेरी तत्काल दियो वा दिएन भन्दा पनि अपराध भयो वा भएन र अपराधमा कसको संलग्नता थियो भन्ने कुरा बढी महत्वपूर्ण हुने फैसला थियो ।
‘जाहेरी दरखास्त ढिला पर्नाका विभिन्न कारण हुन सक्छन् । देशको भौगोलिक अवस्था, घटनास्थलबाट प्रहरी रहेको स्थानको दूरी र विकटता, समाजको चेतनाको स्तर, सामाजिक परिवेश, यस्तो अपराधबाट पीडितको भावी जीवनमा पर्न सक्ने प्रभाव तथा अभियुक्तको पीडितउपर पर्ने दबाब वा प्रभाव आदि जस्ता कारणले गर्दा जबर्जस्ती करणी जस्तो कसुरका सम्बन्धमा जाहेरी ढिला पर्ने हुन सक्छ । तसर्थ जबर्जस्ती करणी जस्तो प्रत्यक्ष रूपमा नारी अस्मितासँग जोडिएको गम्भीर विषयमा जाहेरी दरखास्त दर्ता गराउन लागेको समयलाई मात्र निरपेक्ष रूपमा मूल्यांकन गरेर कसुरको मात्रा र गाम्भिर्यता घटीबढी हुन नसक्ने,’ फैसलामा उल्लेख थियो ।

Tags: ‘मिस ग्लोबल’नामक ‘ब्युटी प्याजेन्ट’भिडियो

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist