इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ निवासी तथा नेपाली कांग्रेस पार्टीका सक्रिय सदस्य एंव प्राध्यापक कुञ्जीलाल यादवले राजीनामा दिएकाे छ ।
यादव २०३० साल देखि ने वि. संघ हुँदै नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघसँगै हाल नेपाली काँग्रेसको सक्रिय सदस्य सहित सुनसरी संघीय निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि रही २०७८ सालसम्म अनवरत रुपमा काम गरेको भन्दै पार्टीले उचित मुल्यांकन नगरेकाले राजीनामा दिएको बताए ।
उनले भने मैले इमान्दारीका साथ पार्टीको कामकाज गर्दै आएकोमा विगतको संघीय निर्वाचन (२०७४) मा सुनसरी ४ को सांसद पदमा स्थानीय उम्मेदवार प्रस्तुत गर्नुपर्नेमा सोको साटो भोजपुरबाट आयातित उम्मेदवार थोपर्नुका साथै स्थानीय तह समेतमा एउटा जाति विशेषलाई मात्र सहभागिता गराएको भन्दै राजीनामा दिएको कथन छ ।
उता भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा सुनसरी जिल्लाको विभिन्न पदहरु समेतमा समानुपातिक समावेशीको मर्म विपरित नेतृत्वले एकलौटी रुपमा जातीय उन्मादको आधारमा उम्मेदवारहरु चयन गरेको हुनाले इमान्दार तथा कर्मठ कार्यकर्ताको मुल्याइन नहुने हुँदा अब उपरान्त मेरो नैतिकताले गलत प्रवृत्तिको नेतृत्वसंग सहकार्य गर्न नसकिने भएकाले हिजोको मिति देखि लागु हुने गरी नेपाली काँग्रेसको सक्रिय सदस्य तथा क्षेत्रीय प्रतिनिधि पद लगायत साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् भने सो राजीनामा स्वीकृत गरी दिनहुन नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा काठमाडौंलाई अनुरोध गरेको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post