रबिन्द्र कुमार यादव/भोक्राहा ।
आज सुनसरी सहित देशभरका विभिन्न जिल्लामा महिलाहरुले बट सावित्री पर्व मनाएका छन् ।
विभिन्न जिल्लामा महिलाहरुले निरहार व्रत बसेर आफ्ना पतिको दीर्घायुको कामना गर्दै बटसावित्री अर्थात बरसाइत पर्व मनाइएकाे हाे ।
जेठमा अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पूजा गर्ने चलन छ ।
यता मिथिलाका महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना, काँक्रो लगायतका सामग्री लिएर बरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् ।
प्राचीनकालमा सावित्रीले आफ्नो पति सत्यलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउने सफल भएपछि शोही समय देखि बट सावित्री अर्थात् वर्ष साइत पर्व मनाउन शुरु गरिएको धार्मिक विश्वाश छ।
विषेशगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धुमधामका साथ यो पूजामा सहभागी हुने गर्दछ। नवविवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ वस्त्र धारण गरी साथीहरूका साथमा विवाह र वर्ष साइत प्रबको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला हुने चलन छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post