मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको घाेडाघाेडी स्थित इलाका प्रहरी कार्यालय सुखड एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।
जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।
दुवैलाई जेठ १८ गते पेटको समस्या भएको भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । “दुवै जनालाई एउटै हतकडी लगाइएको थियो” प्रहरी नायव उपरीक्षक जोशीले भने –“प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडीसहित भागेका हुन् ।’ दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो ।फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला प्रहरी र इलाका प्रहरीको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post