मान बहादुर ठकुल्ला/ टीकापुर । विश्व बाताबरण दिवशको अवसर पारेर कैलाली र बर्दिया जिल्लाका बाढी प्रभाबित समुदायमा कृतिम नमुना घट्ना अभ्यास गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र सामाजिक बिकास अनुसन्धान केन्द्र बांकेको साझेदारीमा संचालित नेपाल बाढी उत्थानशिल परियोजना अन्तरगत कैलाली र बर्दियाका बाढी प्रभाबित समुदायमा कृतिम घट्ना अभ्यास गरिएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले जानकारी दिएका छन ।
कैलालीको टीकापुर नगरपालिका २१ र जानकी गाउपालिका १३ वटा समुदायमा र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका २४ वटा गेरुवा गाउपालिका १४ वटा समुदाय र मधुवन नगरपालिका को ५ वटा समुदाय गरि ७८ वटा समुदायमा एकै पटक कृतिम घट्ना अभ्यास गरिएको नेपाल बाढी उत्थानशिल परियोजनाका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले जानकारी दिनु भएको छ ।
कृतिम घट्ना अभ्यास लाई सफल पार्नका लागि समुदाय स्तरमा रहेका विपद्र व्यवस्थापन समितीका पदाधिकारी समुदाय स्तरमा रहेका विभिन्न कार्यदलले आफ्ना आफ्ना भुमिका अनुसार कार्य गरि बाढीका बेलामा समुदायका मानिसलाई कसरी सुरक्षित पार्न सकिन्छ भनि सिकाइ सचेतना दिन खोजेको विपद् व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र राज रेग्मीले बताए ।
समुदायबाट सहभागि गराई अभिमुखिकरण समेत गरिएको जानकारी दिएका छन । आज २२ गतेका दिन परेको विश्व बाताबरण दिवशमा हुन लागेको कृतिम घट्ना अभ्यासमा दुवै जिल्लाका स्थानिय निकायका प्रतिनिधि प्रहरी प्रशासन समेतको सहभागिता रहेको कार्यक्रम संयोजक ठगुन्नाले बताउनु भयो । जसका लागि जल तथा मौसम विज्ञान बिभाग लगायत प्रहरी प्रशासन र स्थानिय निकाय संग समन्वय गरेर कार्यक्रम सम्पन्न गरिएको ठगुन्नाले बताए । कृतिम घट्ना अभ्यास कार्यक्रममा स्थानिय प्रहरी प्रशासन जनप्रतिनिधि र प्राक्टीकल एक्सन नेपालका साउथ एसियाका रिजनल डाईरेक्टर अच्युत लुईटेल लगायत संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । कृतिम घट्ना अभ्यास सन २०१५ देखि समुदाय स्तरमा गरिदै आएाको हो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...









Discussion about this post