इनरुवा । जिल्ला समन्वय समिति (जिसस) सुनसरीको निर्बाचनमा गठबन्धन र एमालेका उम्मेदबारले प्रतिस्प्रधा गर्दैछन् । जेठ ३० गते हुने जिसस सुनसरीको निवार्चनमा गठबन्धनको पुरै प्यानल र नेकाप एमालेका तीन जना उम्मेदबार मैदानमा रहेका छन् । नेपाली काग्रेंस, नेकपा( माओबादी केन्द्र) , नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी सहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उप प्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेष कुमारी घिमिरे, लाल कुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी बिश्वकर्मा, खुल्ला सदस्यमा टंक प्रसाद गुरुङ्ग, सलिम मियाँ र भुपेन्द्र उरावँले उम्मेदबारी दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखमा जगनारायण मेहता, उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा श्रृजना बिश्वकर्माले उम्मेदबारी दर्ता गराउनुभएको छ । जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदबारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष,उपाध्यक्षहरुले मतदान गर्ने भएको छ । जिल्लामा गठबन्धनसंग स्पष्ट बहुमत रहेको छ । नेपाली काग्रेंसको १३, नेकपा(माओबादी केन्द्र)को एक तता समाजवादी पार्टीको एक गरि १४ मत रहेको छ भने एमालेसंग आठ र स्वतन्त्रको एक मत रहेको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post