• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहकाे बलुवाटारमा कृषि उपकरण वितरण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार ४ गते, २३:०१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार
भोक्राहा नरसिंहकाे बलुवाटारमा कृषि उपकरण वितरण
104
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/ इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित बलुवाटारमा कृषि उपकरण वितरण गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले वडा नम्बर १ स्थित बलुवाटारका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको छ । शनिबार भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ बलुवाटारमा भाेक्राहा साना किसान कृषि शहकारी संस्था लिमिटेडले आयोजना गरेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गतको मकै उत्पादन कार्यक्रममा  ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हाे ।
कृषि उपकरण वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आजादले भने यस क्षेत्रका कृषकहरुको समस्या समाधान गर्नका लागि अगामी बजेट तथा नीति कार्यक्रममा पहल तथा प्रयास गर्ने बताए ।
उनले यस क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको कार्यक्रममा बताए ।
उनले भने यस क्षेत्रका कृषकहरूले समयमा बिउँ, मल, कृषि उपकरण, नपाउनु लगायतका बिबिध समस्या रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नका लागि गाउँपालिकाको आउने बजेटमा बिषेश प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उता कृषि उपकरण वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चाैधरीले भने सरकारी अनुदानहरु वास्तविक कृषक समक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताइन् ।
यस वर्ष अर्थात चालू आर्थिक वर्ष २०७८/७९ मा भाेक्राहा नरसिंह गाउँपालिकाले सशर्त अनुदानको भरमा रहेको र स्थानीय तहले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरेकाे कारण वास्तविक कृषक समक्ष कार्यक्रम पुर्याउनका नसकेको बताइन् ।
यस वर्ष सम्भवतः स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र विशेष कृषि प्याकेजकाे व्यवस्था समेत गर्ने र पालिका अध्यक्षले समेत बिषेश पहल गरिरहेकाे उनले बताइन् ।
उनले कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगतकाे मकै उत्पादन प्रवद्वन कार्यक्रम आर्थिक वर्ष २०७८/७९ अन्तगत छनाैट भएका ५ वटा कृषि सहकारी मध्ये शुक्रबार मिथिला कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ७ र माधुरी सहकारी संस्था लिमिटेड वडा नम्बर ३ ले ब्लक क्षेत्रमा आवद्व रहेका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको थियोे भने आज शनिबार भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले  ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा  विभिन्न सामग्री वितरण गरेका छन्  ।
ब्लक क्षेत्रमा आवद्व रहेका विभिन्न सहकारी संस्थाहरू मध्ये भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार मिनिटिलर १ थान, मकै थ्रेसर खाेस्टा सहित दाँइ गर्ने १ थान, मकै प्लान्टर अटाेमेटिक १ थान, पावर स्प्रेयर ३० थान, काेदालाे टाटा कम्पनीकाे डन्टा सहितको १२४ थान विभिन्न किसानहरूलाई वितरण गरेका छन् ।
साे कार्यक्रममा भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मेहताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख अतिथिय्ता रहेको थियो भने  गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता,प्रशासन शाखा प्रमुख बसन्तप्रभा खनाल, कृषि शाखा प्रमुख रेनुका चाैधरी, श्यामाश्याम कृषि सहकारी संस्था लिमिटेडका प्रविण मेहता, प्रहरी चाैकी अकाहाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, संचारकर्मी सुरेन्द्र मेहता , गाउँपालिका अध्यक्षका स्वकीय सचिव साेहिल अंसारी लगायतका सहकारी आवद्व रहेका किसानहरूकाे समेत सहभागीता रहेको थियो ।

Tags: कृषि उपकरणकृषि सामग्री वितरणबलुवाटारमाभाेक्राहा नरसिंह

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist