• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बराहक्षेत्र नगरपालिकाकाे नीति तथा कार्यक्रमहरु अपूर्ण र अर्थहीन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार ८ गते, २२:२८ बजे प्रकाशित
in Uncategorized, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
बराहक्षेत्र नगरपालिकाकाे नीति तथा कार्यक्रमहरु अपूर्ण र अर्थहीन
32
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रः आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारले सुनसरीका अन्य नगरपालिकाभन्दा ज्यादा बजेट बराहक्षेत्रलाई विनियोजन गर्यो । त्यसैपनि जिल्लाकै कान्छो र ठूलो नगरपालिका भनिने यस् नगरमा कृषि र पर्यटनको सम्भावनै सम्भावना छ । मंगलबार (हिजो) नगरपालिकाको दशौं नगरसभाले नीति तथा कार्यक्रमहरु पास गर्यो । ‘कृषि, पुर्वाधार र पर्यटन‘भन्ने नारा बोकेको नगरकार्यापालिकाले कयौं प्रशंसनीय कार्यक्रमहरु सार्वजनिक गरेको छ भने केही नीति तथा कार्यक्रमहरु अपूर्ण र अर्थहीन छन् ।
उप–प्रमुख नन्दकुमारी राईद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारासहित ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गर्यो । जसअन्तर्गत आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरेको छ ।
नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको स्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४१ करोड २७ लाख सशर्त अनुदान र २१ करोड ४८ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ । सङ्घबाट हुने राजस्व वाडफाँडमा १५ करोड ९४ लाख २३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्रदेशबाट, वित्तीय र सशर्त गरी १ करोड ८१ लाख ४३ हजार अनुमान गरिएको छ ।
कुल बजेट मध्ये चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ । यसमानेमा यस् बजेटलाई कर्मचारीमूखी बजेट भन्न सकिन्छ । त्यस्तै, पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ विनियोजन गरेको नगरपालिकाले आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ८५ हजार छुट्याएको छ । सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा १ करोड ९० लाख र सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार विनियोजन भएको छ ।
आर्थिक वर्ष २०७८/०८९ मा विकास योजनाको अध्ययन अनुसन्धान तथा प्रभाव मूल्यांकन नगरी २ सय ८४ वटा साना प्रकृतिका ५ लाख भन्दा मुनिका ५करोड ७२ लाख २५ हजारका योजना छनौट तथा कार्यान्वयन गरिएको थियो । सस्तो लोकप्रियताका लागि यस्ता योजनाका सट्टा दिगो र मध्यकालीन एबम् दिर्घकालीन प्रभाव पार्ने योजना छनौट गर्नुपर्ने महालेखाको सुझावलाई वेवास्ता गरिएको छ । शहरी विकासका लागि निर्माणाधिन तथा निर्माण सम्पन्न सार्वजनिक भवन तथा स्थलको उपयोगिता अभिवृद्धि गर्ने कुनै कार्यक्रम समावेश गरिएको छैन ।
देशमा संघीयता जारी भएपश्चातको दोस्रो स्थानीयतह निर्वाचनपछीको यो पहिलो बजेट र नीति तथा कार्यक्रम हो । यस्अघिको स्थानीय सरकारले अबलम्बन गरेका कतिपय कार्यक्रमहरु यसपटक पुनः दोहोरिएका छन् । कृषी क्षेत्रको प्रर्वद्धनमा विगतका नीति तथा कार्यक्रमलाई निरन्तर दिईएको छ । कृषी यन्त्र उपकरण, टयुवेल, वोरिङ्, अदुवा हल्दी र तरकारी खेती पकेट कार्यक्रम, ५० प्रतिशत अनुदानको च्याउको विउ वितरण जस्ता कार्यक्रमले कृषी उत्पादन र उत्पादकत्वमा परेको प्रभाव र कार्यक्रमको प्रभावकारीताको मूल्यांकनबारे यसअघिको सरकार चुकिसकेको थियो । यस् सरकारले पुनः यसैलाई दोहोर्याएको छ । जानकारहरु प्रश्न गर्छन्, ‘यस्अघिको सरकारबाट फेलियर भएका कार्यक्रमहरु यसपटक पुनः दोहोरिनुको अर्थ के हुन्छ ?’
त्यस्तै, केही नीति तथा कार्यक्रमहरु भने प्रशंसनीय छन् । जसअन्तर्गत अधिकार बिकेन्द्रीकृत अबधारणअनुरुप प्रत्येक वडालाई तीन लाख वा सोभन्दा माथिको एक वडा एक गौरब योजना पहिचान गरि अनिवार्य कार्याबन्यन गर्नुपर्ने नीतिसहित प्रत्येक वडालाई एक करोड विनियोजन, विपन्न समूदायलाई बिधुतको पहुँचमा ल्याउन डोम, मुसहर, चमार, झागर समूदायले बिधुत मिटर जडान गरेमा तिर्नुपर्ने शुल्कको ५० प्रतिशत रकम नगरले अनुदान दिने, प्रत्येक बाटोको नामाकरण गरिने, एक घर दुई बिरुवा नीति, नगरभरीका सामुदायिक बिधालयका शिक्षिकाहरुलाई प्रसुतिको समयमा सट्टा शिक्षकको व्यवस्था गरिने, चालू आव भित्रै नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने, प्रत्येक वडाका विपन्न एकसय घरधुरी छनौट गरि स्वास्थ्यबिमा गरिने, मुसहर समुदायका कलेज पढ्ने विद्यार्थीलाई निशुल्क पठनपाठन, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक ३ महिनामा घरमै गएर स्वास्थ जाँच गरिने, घाटहरुको मर्मत तथा व्यवस्थापन गर्दै बिधुतीय शवदाह गृह निर्माण गरिने, एक वडा एक खेल मैदान लगायतका नीति तथा कार्यक्रमहरु छन् ।
त्यस्तै, ठाकुरबारीदेखी श्रीलंका टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण र मिलन चोकदेखी सुर्यकुण्ड जोड्ने सडक कालोपत्रे गर्नका लागि संघीय सरकारसँग पहल गरिने कदम सकारात्मक छ ।
नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पर्यटन विकासको लागि रामधुनी, चतरा, बराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोसी नदिमा जल बिहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्ट लगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवद्र्धनमा जोड दिइने भएको छ ।
यस् नीति तथा कार्यक्रमबारे विभिन्न सरोकारवालाले मिश्रित धारणा व्यक्त गरिरहेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका वर्तमान नगर कार्यबाहक सभापति युवराज श्रेष्ठले भने नीति तथा कार्यक्रम सकारात्मक भएको बताए ।
उनले भने, ‘जनप्रतिनिधिहरु नयाँ हुनुहुन्छ, पहिलो बजेट हो, केही कार्यक्रमहरु थप्नुपर्ने छन् ।’नगर सरकारलाई सुझावत्मक भएर उनले थपे, ‘केही कार्यक्रमहरु थपेर जाँदा यस् नीति तथा कार्यक्रम उत्कृष्ट हुनेछ ।’
यता, बराहक्षेत्रको अल्पमतमा परेको प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेकपा एमालेका नेताहरू नगरसभाको नीति तथा कार्यक्रमबारे अनबिज्ञ रहेको बताउँछन् ।

Tags: अपूर्ण र अर्थहीननगरपालिकाकाेनीति तथा कार्यक्रमहरुबराहक्षेत्र

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist