मान बहादुर ठकुल्ला
टीकापुर / टिकापुर नगरपालिकाकाे ११ औं नगर सभा शुक्रबार सम्पन्न भएको छ ।
११ औं नगर सभामा नगर उप प्रमुख खडक शाहले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड ८ लाख ८४ हजार १ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख बजेट अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्ट्रेसन ३ करोड ७५ लाख, बचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ । नगर सभामा प्रस्तुत बजेटमा विपद् व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ ।
यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । सभाबाट न्यायिक समितिका सदस्य , सुशासन समिति , आर्थिक समिति समेत गठन गरिएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post