• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी प्रहरीकाे सफलता ८ सय ४१ फरार अभियुक्त पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार १४ गते, १७:४८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरीमा साना हतियारको कारोबार बढ्दै
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी प्रहरीले फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता प्राप्त गरेको छ। अपराध गरेर भागिरहेका अपराधीलाई पक्राउ गर्न २०७८ साउन १ गतेदेखि विशेष अभियान चलाइएको थियो।
गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरू सुनसरी प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि धमाधम पक्राउ पर्न थालेका छन् । चालु आर्थिक वर्षको असार १३ गतेसम्म सुनसरी प्रहरीले ८ सय ४१ फरार अभियुक्त पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी संन्जयसिंह थापाले जानकारी दिए ।
फरार पक्राउ पर्ने अभियुक्त कर्तब्य ज्यान, अपहरण तथा शरिर बन्धक, जवरजस्ती करणाी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका अभियुक्त घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको छ । फरार अपराधी प्रहरीले एकै दिनमा ११६ जनासम्मलाई पक्राउ गरि अदालत बुझाएको छ ।
‘फरार पक्राउ’ अभियान अन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखी २०७९ वैशाख ३० गतेसम्म ६१३ जना फरार प्रतिवादीहरु पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानिय तहको निर्वाचन पछि २२८, असारको १३ दिनमा २१७ र असार १२ गते एकैदिन ११६ जना फरार अभियुक्त पक्राउ गरि अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीले ८४१ फरार अभियुक्तले १८२ बर्ष ८ महिना ५ दिन कैदान भुक्तान र १ करोड १४ लाख ३६ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको छ । सुनसरीमा ३ हजार ८ सय फरार मध्ये ८४१ पक्राउ परेका हुन् । फरार अभियुक्त पक्राउ गर्ने सुनसरी प्रहरी देशभरीमै अगाडी रहेको सर्वोच्च अदालतको फैसला कार्यन्वयन शाखाको अभिलेखमा देखिन्छ । प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेको मध्ये आधा भन्दा बढी सुनसरी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिएको छ ।
‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ एसपी थापाले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी थापाले भने ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी थापाले भने ।
२४ वर्षपछि पनि अपराधी पक्राउ
जघन्य अपारधका अभियुक्तलाई सुनसरी प्रहरीले अपराध गरेको २४ वर्षपछि प्रतिवादी पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएको अभियुक्त गंभिर दनुवारलाइ सुनसरी प्रहरीले आठ वर्षपछि पक्राउ ग¥यो । प्रहरीले घटना भएको ८ वर्षपछि काठमाण्डौदेखि पक्राउ गरेको हो । २०७१ मंसिर १ गते भोजपुर हसनपुरका १९ वर्षिय चित्रकुमार मग्रातीको हत्या उनकै साथीहरु मिलेर धरानको विष्णुपादुका स्मृति पार्कमा गरेका थिए । पिककिन खाना क्रममा विवाद बढदै गएपछि मग्रातीलाई बिक्रम मिलि, गम्भिर दनुवारले कुटपिटबाट मृत्यु भएको थियो । चित्रको मृत्यू भएपछी जंगलमा लगेर सेउला र झारपातले पुरी उनीहरु फरार भएका थिए ।
फरार भएका मध्ये विक्रमलाई प्रहरीले २०७१ मंसिर १४ गते भोजपुरको दिङलावाट पक्राउ गरी कर्तब्या ज्यान मुद्दा चलायो । सुनसरी अदालतलले २०७१ पुस ८ बिक्रमलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । घटनका संलग्न दनुवार फरार थिए ।
फरार रहेका अभियुक्त दनुवारलाई दुई महिनासम्म नियमित निगरानीमा राखेर सुनसरी प्रहरीले असार १० गते काठमाण्डौबाट पक्राउ गरेको थियो । उनी अहिले थुनामा कैद भुक्तान गर्दै आएका छन् ।
सुनसरी भोक्राहा ४५ वर्षिय बसन्त खत्वेले आफनै नातिनी हत्या गरेको १२ वर्षपछि प्रहरीले पक्राउ गर्यो । बसन्तले २०६६ मा घाँटी बटारी नातिनीको हत्या गरेका थिए । कर्तब्य ज्यान मुद्दामा प्रतिवादी बस्नतलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० बर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका बसन्तलाई प्रहरीले २०७८ साउन १७ गते पक्राउ गरेपछि अहिले उनी झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।
सुनसरी दुहवी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको बिषयमा बादबिवाद हुँदा बासँको भाटाले हानी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रेहका थिए । कर्तब्य ज्यान मुद्दामा सुनसरी अदालतले २०६० माघ २६ गते २० बर्ष कैद सजायको फैसला सुनाएको थियो । हत्या गरेपछि फरार भएको २४ वर्षपछि मियालाई सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरि अहिले झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

Tags: ८ सय ४१ फरारप्रहरीकाे सफलताफरार अभियुक्त पक्राउसुनसरी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist