• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुचना तथा सञ्चार मन्त्री कार्कीको क्षेत्रमा नेटवर्क नहुँदा समस्या

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन २ गते, १०:०३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुचना तथा सञ्चार मन्त्री कार्कीको क्षेत्रमा नेटवर्क नहुँदा समस्या
58
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रः सुनसरी प्रदेश नम्बर १ को केन्द्रविन्दु हो । झट्ट हेर्दा सुगम मानिएको यस जिल्ला भित्रको कथा भने छुट्टै छ ।
जिल्लाको कान्छो र ठूलो नगरपालिकाको रूपमा रहेको बराहक्षेत्रले दुर्गमतालाई चित्रण गर्ने गर्दछ । त्यसमा पनि वडा नम्बर १ मा रहेको सुर्यकुण्डक्षेत्र र, ६ र ९ मा रहेको श्रीलंका टापु यसका उदाहरण हुन् । यी स्थानहरूमा आजसम्म पनि विकासका आधारभूत पूर्वाधारहरूको समेत पर्याप्तता नहुँदा स्थानीयहरू आजित छन् । खासगरी कोशीकटान, बाढी तथा सुकुम्बासीहरूको चरम समस्या रहेको श्रीलंका टापु क्षेत्रमा स्वास्थ, शिक्षा र सञ्चारजस्ता आधारभूत पूर्वाधारकै पर्याप्त विकास हुन सकेको छैन । यो क्षेत्र सुनसरीको प्रतिनिधिसभा ४ अन्तर्गत पर्दछ । ०७४ सालको संघीय चुनावमा यसै क्षेत्रबाट सांसद पदमा ज्ञानेन्द्रबहादुर कार्कीले चुनावअघि आफूले गरेको वाचाबमोजिम विद्युत्को समस्या भने हल भएको छ ।
सांसद कार्कीको पहलमा यहाँ तीन दशकपछि विद्युत् पुगेको छ । अहिले उनै सांसद कार्की नेपाल सरकारका सूचना, प्रविधि तथा सञ्चारमन्त्री छन् । यद्यपि यहाँको सञ्चार समस्या निराकरण हुने छाँटकाँट नदेखिएको स्थानीयको गुनासो छ । एक राजनीति दलका स्थानीय प्रतिनिधिले (नाम नबताउने शर्तमा) नेटवर्क नहुँदा यहाँको समस्याबारे अनेकन घटनाहरू सुनाए । उनका अनुसार खासगरी रातिको समयमा कोही बिरामी भए भने एम्बुलेन्सलाई फोन गर्न समस्या हुने गरेको छ । यस्तो बेला नेटवर्क आओस् भनेर स्थानीयहरूले प्रार्थना गरेको समेत देखेको उनले बताए । यस्तो समस्या विषेशगरी वडा नम्बर ९ अन्तर्गत पर्ने जनता निम्न माध्यमिक विद्यालय र काली मन्दिर क्षेत्र आसपासमा हुने गरेको छ ।
यहाँका स्थानीयहरूले नेपाल टेलिकम र एनसेलको सिम प्रयोग गर्ने गरेका छन् । ‘एनसेलमा कहीँकतै नेटवर्क आउँदैन, आएपनी खासै बुझिंँदैन, सुनिँदैन’, स्थानीय सन्तोष चन्द्रवंशी भन्छन्, ’आउने भनेको एनटीसीको हो, त्यो पनि पूर्व कोसीछेउतिर आसपासमा मात्र चल्छ, डाँडा भएको ठाउँमा मात्रै चल्छ तर घरभित्र नेटवर्क आउँदैन ।’ उनका अनुसार नेपाल टेलिकमको सिममा समेत बेलाबेला आवाज नबुझिने, फोनमा बोल्दाबोल्दै नेटवर्क जाने, नेट (डाटा) कुनै सिमबाट पनि नचल्ने यहाँको समस्या छ । अर्का स्थानीय बद्री राई भन्छन्, ’मन्त्रीहरू, मेयरहरू आफैँले प्रत्यक्ष भोगेर जानुभएको छ, यहाँ आउँदा नेट नदिने समस्या हाम्रो मोबाइलमा मात्र होइन क्यारे ! यो देखेर उहाँहरूले आफैले बुझ्नुपर्ने हो ।’
आफ्नो क्षेत्रमा विकासवादी नेताको छवि बनाएका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयलाई सम्बोधन गरेपछि स्थानीयहरू आशावादी बनेको देखिन्छ । स्थानीय तह निर्वाचनअघि बराहक्षेत्र १ को वडा कार्यालयको उदघाट्न गर्ने कार्यक्रममा नगरवासीले नेटवर्कको समस्याबारे सुझाएका थिए । त्यसैलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले यथासक्य चाडो टावरको प्रबन्ध गर्न पहल गर्ने आश्वासन दिएका थिए ।उता भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६,७ र ८ मा समेत माेवाइल नेटवर्ककाे समस्या यावत छन् ।

Tags: कार्कीकोक्षेत्रमानेटवर्क नहुँदा समस्यामन्त्रीसुचना तथा सञ्चार

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist