शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको महादेवा गाउँपालिकाका लेखा शाखामा कार्यरत कर्मचारीको कारण गापाका कर्मचारीको रेकर्ड लथालिङ्ग रहेको पिडित कर्मचारीहरुले आरोप लगाएका छन । लेखा शाखामा कार्यरत लेखापाल रमेश कुमार चौधरी र सह–लेखापाल हिरालाल यादवले गापाका कर्मचारीहरुको तलवको सिटरोल,भरपाई हेर्न नदिएको,सही,छाप नगराएको छ भने महिने पिच्छे तलव,भत्ता ,धटबढ,समेत हुने गरेको पिडित कर्मचारीहरुले गुनासो गरेका हुन ।
त्यस्तै कर्मचारी सञ्चय कोष,नागरीक लगानी कोष,विमा लगायतमा महिने पिच्छे तलववाट काटिने रकमको समयमा दाखिला नगर्दा गापाका कर्मचारीहरु लेखा शाखामा कार्यरत लेखापाल चौधरी र सह–लेखापाल यादववाट पिडित भएको नाम नछाप्ने शर्तमा एक कर्मचारीले बताएको छ । लेखा शाखामा कार्यरत लेखापाल चौधरी र सह–लेखापाल यादवले गापाको कर्मचारीको हकहितमा काम नगरेको कारण अवकाशको समयमा पेन्सन पटा बनाउने समयमा पिडा भोग्नु पर्ने बाध्यता रहेकोले समयमा नै यस तर्फ सम्बन्धित पक्षको ध्यान समयमा पुग्नु पर्ने पिडित कर्मचारीको मागं रहेका छन । यता लेखा शाखामा कार्यरत कर्मचारीहरुले कमिशन उठाउने काममा बढी समय खर्चिने गरेको कारण कर्मचारीहरुको रेकर्ड समयमा अपडेट नरहेको कारण लथालिङ्ग अबस्थामा पिडितहरुको आरोप रहेका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post