• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोसीलाई पश्चिमतर्फ सार्न ‘च्यानल’ खन्न खोज्दा पश्चिम तटमा रहेका स्थानीयहरूले गरे विरोध

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन १८ गते, १४:४५ बजे प्रकाशित
in Uncategorized, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कोसीलाई पश्चिमतर्फ सार्न ‘च्यानल’ खन्न खोज्दा पश्चिम तटमा रहेका स्थानीयहरूले गरे विरोध
41
SHARES
Share on FacebookShare on Twitter

बुधबार राति २ बजेको आसपासमा सप्तकोसीले अस्थायी बाँध फुटाएर उदयपुरको बेलकाको बस्तीतिर सोझियो । मङ्गलबार दिउँसोदेखि नै कोसीको पश्चिमी क्षेत्रमा व्यापक कटान थियो ।
हुन त पश्चिमतिर कोसीले यो वर्ष मात्र कटान गरेको भने हैन । करिब ३ वर्षदेखि नै कोसीले पश्चिम भागमा कटान सुरु गरेको थियो । तर, कोसीमाथि न राज्यको ध्यान पुग्यो, न त कोसी नदी नियन्त्रणको जिम्मा पाएको भारतीय पक्षले नै पश्चिमी कटानमा ध्यान दियो ।
भारतीय पक्षले त झन् कोसीलाई पश्चिमतर्फ नै धार परिवर्तन गराउन चाहन्थ्यो । कोसी नियमित लयमा बगिरहेको बेला करिब ४ वर्षअगाडि च्यानलै खनेर कोसीलाई पश्चिम फर्काउन खोजेको थियो । त्यतिबेला भारतबाटै कोसीको च्यानल खन्न ट्याक्टरहरू झिकाइएका थिए ।
पश्चिम भागमा कोसी सार्न खोज्नु पनि भारतको आफ्नै स्वार्थ छ । २०६५ भदौमा कोसीले पूर्वी तटबन्ध भत्काउँदा भारतको बिहारमा ठूलो क्षति भएको थियो । यसो त नेपालमा पनि क्षति भने नभएको हैन । तर, नेपालको भन्दा भारतमा धेरै क्षति भएकाे थियो । पूर्वबाट कोसीले तटबन्ध भत्काउँदा नेपालको केही भाग हुँदै भारतीय बस्तीमा कोसी पुग्छ । तर, पश्चिमतर्फ कोसी सर्दा भारतलाई उत्रो नोक्सानी हुँदैन । पश्चिमतर्फ कोसी फुट्दा उदयपुरहुँदै सप्तरी जिल्लालाई बढी प्रभाव पर्छ । भारतीय बस्तीसम्म कोसी पुग्दैन । त्यसैले पनि भारतीय पक्षले कोसीलाई पश्चिम धकेल्न खोज्दै आएको थियो ।
स्थानीय ओमल चन्द्रवंशीका अनुसार कोसीलाई पश्चिमतर्फ सार्न ‘च्यानल’ खन्न खोज्दा पश्चिम तटमा रहेका स्थानीयहरूले विरोधसमेत गरेका थिए । तर, कोसीका बारेमा गुनासो सुन्ने नेपाली निकाय नभएकाले तत्कालीन विरोध सामसुम भयो ।
भारतीय पक्षले खनेको च्यानलले बिस्तारै कोसी पश्चिम सर्‍यो । कोसीको पश्चिमी किनारका टापुहरू बिस्तारै कटान लाग्दै गए । कोसीको कटान रोक्न स्थानीय पालिकाहरूले जहिल्यै सङ्घीय सरकार गुहार्थे । तर, भारतीय नियन्त्रणमा रहेको कोसीको विषयमा सङ्घीय मन्त्रीहरू पनि ‘चुँ’ गर्न सक्दैनन् ।
भारतीय पक्षहरूसँग लबिङ नगरे पनि नेता मन्त्रिहरू कोसी अवलोकन भनेर मनोरञ्जन गर्न नआउने गरेका भने हैनन् । कोसी नदीआसपासका रिसोर्टहरूमा बिदा मनाउन आएको समयलाई मन्त्रीहरूले कोसी नदी निरीक्षण भनेर कैयौँपटक प्रचारसमेत गरेका छन् ।
गत वर्ष तीव्र कटान भएपछि गृहमन्त्री बालकृष्ण खाँण सेनाको हेलिकोप्टर लिएरै कोसी कटान हेर्न पुगेका थिए । अहिले जहाँबाट फुटाएर कोसी बस्ती पुगेको छ, त्यही क्षेत्रको अवलोकनमा मन्त्री खाँण पुगेका थिए ।
हेलिकोप्टर लिएर पुगेका खाँण करिब ४० मिनेट जति कोसी किनारमा बसे । नदी  नियन्त्रणका लागि स्थानीयहरू सामान्य बोराको बाँध लगाउँदै थिए । त्यहीँ पुगेर आश्वासन दिए भ्याए खाँणले । कटान नियन्त्रणका लागि बाँध निर्माण गर्नेदेखि स्थानीयहरूलाई सुरक्षित स्थानको खोजी गर्ने उनले बताए । सारमा उनले भनेका थिए, ‘नदी नियन्त्रणको दीर्घकालीन समाधान खोजिन्छ ।’
खाँण मात्र हैन, डेढ महिनाअगाडि पुगेका थिए प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्की । कर्मचारी र सुरक्षाकर्मीसहित पुगेका कार्कीसँग रिपोर्टिङमा पुगेका पत्रकारहरूको जम्काभेट भयो । पत्रकारसँग कुरा गर्दै कार्कीले कोसी नियन्त्रणका लागि प्रदेश सरकारले नीति तर्जुमा गर्दै गरेको बताए ।
कार्कीको पनि खोक्रो आश्वासन मात्र थियो त्यहाँ । हुन त सङ्घीय सरकारका ‘पावरफुल’ मानिएको गृह मन्त्रालयको नेतृत्व गर्ने गृहमन्त्रीले समेत आश्वासन दिएको ठाउँमा कार्कीको आश्वासन पूरा नहुनु कुनै नौलो विषय त थिएन ।
‘तर पनि अलि नजिकको सरकार भनेर केही आस जागेको थियो,’ स्थानीय मिसिलाल महतोले भएका थिएन, ‘पोहोर काठमाडौंबाट पनि मन्त्री (बालकृष्ण खाँण) आएका थिए तर हेरेर मात्र गयो । अहिले हामी अलि नजिकको सरकार भनेर आएको छ केही गर्ला कि ।’

Tags: ‘च्यानल’ खन्नकोसीलाईखोज्दागरे विरोधपश्चिम तटमापश्चिमतर्फ सार्नरहेकास्थानीयहरूले

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist