आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेकी छन्।
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार घुससहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनले कम्प्युटर बिलिङको सफ्टप्वेयर स्वीकृतिको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। सूचना पाएपछि टंगालबाट खटिएको अख्तियारले उनलाई पक्राउ गरेको हो।
उनलाई रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २ स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको छ। स्राेत: सेताेपाटी
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post