वीरगञ्ज । नेपालमा हिन्दु आस्था र धर्म माथि बारम्बार प्रहार भईरहेको तथा हालैमा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा रहेको श्री बौधी माई मन्दिर तोडफोड गरेको घटना प्रति घोर निन्दा गर्दै र यस्तो कार्य गर्ने गराउनेहरुलाई कानुनी घेरा भित्र ल्याई कडा भन्दा कडा कार्यवाही गर्नको लागि हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाराले जिल्ला प्रमुख अधिकारी र डिएसपी लाई ज्ञापन पत्र बुझाएको छ ।
धर्म निरपेक्ष संविधान जारि भए देखि नै हिन्दु समाजका आस्था केन्द्र माथि प्रहार र हिन्दु समाज संग मात्र बदमासी भई रहेको तथा बारा जिल्लामा कहिले व्यापक गौ तस्करी र हत्या, छठ पर्वको बेला गुण्डागर्दी र हत्या, कहिले गढ़िमाई मेलाको बेला बलि प्रथाको बिरोध गर्नु जलन्त उदाहरण हुन् भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा रहेको श्री बौधी माई मन्दिर तोडफोड गरेको घटनाले चिन्तित बनाएको र उक्त घटनाको दोषीलाई कडा कार्यवाहीको माग राखी हिन्दु परिषदका बारा जिल्ला अध्यक्ष महन्त गोपाल दासको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । र दोषीलाई उचित कार्यवाही नभए हिन्दु परिषद नेपालले थप संघर्षका कार्यक्रमहरु गर्ने गराउने बाध्य हुनेछ भनि विज्ञप्तिमा उल्लेख रहेको छ ।
हिन्दु माथिको आक्रमण दिन प्रति दिन बढी रहेको छ र यस्ता घटनाहरु माथि छानबिन गरि सरकारले न्यूनीकरण नगरे अब सरकारको बिरुद्धमा हामी उतरिनेछौ र अब यस्ता घटनाहरु भए कदापि सह्य नहुने हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले जी न्यूज नेटवर्क संग कुराकानी गर्दै बताएका छन ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराज, केन्द्रिय सदस्य बिनोद कुर्मी, बारा जिल्ला अध्यक्ष महन्त गोपाल दास, उपाध्यक्ष नेमिलाल प्रसाद, सचिव अरुण चौधरी, प्रवक्ता कमलेश सहनी, प्रसौनी गा. पा कमिटि अध्यक्ष अरविन्द मदनवाल, फेटा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरेश पटेल लगायतकाको हिन्दु अगुवाहरुको उपस्थिति रहेको थियो । copy pest










Discussion about this post