• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालकाे मुखमा पहिलो गासमै ढुङ्गा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन २१ गते, २३:०६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरीमा अपराधिक घटनामा वृद्धि,तीन वर्षको तथ्यांक हेर्दा डरलाग्दो
147
SHARES
Share on FacebookShare on Twitter

सुनसरी ।  जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका प्रहरी उपरीक्षक प्रभु ढकाल जिल्लाको प्रहरी कमान्ड समाल्न शुक्रबार कार्यालय आइपुगेका थिए । संयोगवश इलाका प्रहरी कार्यालय महेन्द्रनगरका नयाँ प्रहरी निरीक्षक राजेश दत्त पनि शुक्रबारनै महेन्द्रनगरको कमान्ड समाल्न कार्यालय पुगेका थिए ।
तर शुक्रबार राती २ बजे इलाका प्रहरी कार्यालय मातहतको चतरा बजारको औलिया ज्वलर्स फोडेर १० लाख बढी मूल्य बराबरको सुन र चाँदीका गरगहना चोरी भयो । ज्वलर्सकोे पछाडिको भागको ढोका फुटाई ठुलो धनराशिको चोरी भएको घटना भर्खरै जिल्ला र इलाकामा आएका नयाँ प्रमुखलाई तत्कालै जाहेर हुनु स्वाभाविक थियो ।
नयाँ प्रहरी उपरीक्षक ढकालले काठमाडौँबाट विराटनगर विमानस्थल ओर्लनु भन्दा अगाडी घटनाको अनुसन्धान गर्न चतरा प्रहरीका प्रमुखलाई निर्देशन दिइसकेका थिए ।
ढकालसँगै कार्यालय हाजिर हुन एकै समय गएका नयाँ प्रहरी निरीक्षक राजेश दत्तलाई पनि ‘स्पट’ मा पुगेर घटनाको अनुसन्धान गर्न र चाँडो चोरीमा संलग्नलाई पक्राउ गर्न आदेश दिए । जिल्ला टेकेकै दिन यति ठुलो चोरी हुनु र चोरीमा संलग्नलाई तत्कालै पक्राउ गर्नु दुवै प्रमुखको लागि ‘च्यालेन्ज’ को विषय बनेको थियो ।
दुवै प्रमुख यो घटना ‘पहिलो गासमै ढुङ्गा’ बनाउन चाहन्न थिए । अर्को तर्फ चतरामा यस अघि पनि पटक पटक भएका चोरीका घटनाले स्थानियसगै व्यवसायी आक्रोशित थिए । यता चोरीको घटना अनुसन्धानको लागि प्रहरी प्रदेश कार्यालय धरानबाट वरिष्ठ सईको कमान्ड थप मद्दत टोली समेत चतरा आएको थियो ।
संयुक्त अनुसन्धान टोलीले ज्वलर्स चोरीमा नयाँ मान्छे नभई पसलको सम्पूर्ण जानकारी हुने व्यक्तिको हात भएको अनुमान गर्यो । चोरले सुरुमा पसलको सिसिटिभी क्यामेरा चुँडाएर फ्याकेको थियो । साथै घटना प्रकृति हेर्दा एक भन्दा बढी व्यक्ति संलग्न नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष थियो । लगातार चतरा बजारमा भइरहेको चोरीका अन्य घटनामा प्रहरीको अनुसन्धान फितलो आरोप लागिरहेको अवस्थामा यो घटनामा भने चोरलाई जति सक्दो चाँडो पक्राउ गर्नु प्रहरीलाई दबाब पनि थियो ।
प्राय चोरीका घटनामा जतिसक्दो चाँडो चोर पक्राउ गर्न नसके चोरीका सामान (दशी प्रमाण) बरामद गर्न मुस्किल हुने गर्छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्त र प्रदेश प्रहरी कार्यालय धरानका वरिष्ठ सई तिलक कार्कीको संयुक्त अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिको अनुसन्धान गर्ने क्रममा वराहक्षेत्र १ बस्ने २६ वर्षीय अनिल बराइलीमाथि शङ्का पर्यो । चोरीपछि सोही ज्वलर्स आसपास अस्वाभाविक व्यवहार देखाएपछि उनलाई प्रहरीले सोधपुछको लागि प्रहरी कार्यालय लग्यो । सोधपुछमा मनोवैज्ञानिक विधि अपनाएको अनुसन्धान टोलीसँग शङ्का गरिएका बराइलीले केही समयमै चोरी गरेको स्वीकार गरे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ढकालका अनुसार सुरुमा बराइलीले चोरीको विषयमा आफूलाई जानकारी नभएको र चोरी भएको हल्ला सुनेपछि ज्वलर्स हेर्न मात्र गएको बयान दिए । पछि मनोवैज्ञानिक रूपमा प्रहरीले फकाउँदै गएपछि आफू एक्लैले चोरी गरेको र गहनाहरू घरको दराजमा राखेको प्रहरीसमक्ष स्वीकार गरेको उनले बताए । पछि उनको घर खानतलासी गर्दा दराजमा झोलामा राखेको अवस्थामा सबै गहनाहरू बरामद भएको प्रहरी उपरीक्षक ढकालले बताए ।
सुनका साना टुक्राहरू भने बराइलीले खैनीको प्याकेटमा हालेर बोकेका थिए ।
‘घटना भएको झन्डै १२ घण्टा भित्रै हामीले चोरीमा संलग्न व्यक्ति र गहनाहरू सुरक्षित फेला पार्न सफल भयौ’ प्रहरी उपरीक्षक ढकालले भने ‘बाँकी चतरा बजार क्षेत्रमा भएका अन्य चोरीका घटनामा समेत गहन अनुसन्धान गर्नेछौ ।
पक्राउ परेका बराइली यस अघिपनि चोरीका विभिन्न घटनामा संलग्न भएको प्रहरी रेकर्डले देखाएको छ । बराइली यसअघि चतराकै एक सुन पसलमा काम गर्ने गर्दथे । ढकालले चतरा बजार क्षेत्रमा चोरीका घटना वृद्धि भएको विषयमा भने चोरीका घटना न्यूनीकरणको लागि नागरिक तथा व्यवसायीहरू स्वयम सचेत हुनुपर्ने बताए ।
‘जिल्लाका अन्य ठाउँबाट पनि चोरीका गुनासाहरू प्रहरीकहाँ आएका छन्, म भर्खरै जिल्लाको प्रहरी कमान्ड समाल्दै छु, सबै ठाउँको वस्तुस्थिति बुझेर परिणाममुखी सुरक्षा योजना ल्याउनेछु’ ढकालले जानकारी दिए ।

Tags: ढुङ्गापहिलो गासमैप्रभु ढकालकाेप्रहरी उपरीक्षकसुनसरीका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist